HomeFeatureभारतले फ्रान्सबाट खरिद गरेका 5 राफेल लडाकु भारत पुगे, भारतलाई सैन्य शक्ति...

भारतले फ्रान्सबाट खरिद गरेका 5 राफेल लडाकु भारत पुगे, भारतलाई सैन्य शक्ति बढेको अनुभूति

नयाँ दिल्ली,  29 जुलाई 2020

भारतले फ्रान्ससँग खरिद गरेको शक्तिशाली लडाकू विमान रफालको पहिलो खेप बुधवार भारत आइपुगेको छ । बुधवार साँझ 5 बजे राफाल विमान हरीयाणा राज्यको अम्बालामा अवतरण गरेपछि अम्बाला वायुसेना केन्द्रमा ती विमानहरुलाई पानीको फोहोराले सलामी दिइएको छ। भारतीय वायु क्षेत्रमा प्रवेश गरेपछि राफाल समूहसँगै 2 वटा सुखोई सुपरसोनिक विमानहरुले पनि उडान भरेका थिए। भारतीय क्षेत्रमा पुगेपछि पश्चिमी अरब सागरमा तैनात भारतीय नौसेनाको युद्धपोत आई.एन.एस. कोलकाताले रेडियो सम्पर्क कायम गरि रफाल समूहको स्‍वागत गरेका थिए।

रक्षामन्त्री राजनाथ सिंहले रफाल लडाकू विमानहरु भारतमा आउनु देशको सैन्‍य इतिहासमा एक नयाँ युगको शुरुआत भएको बताउनुभयो। ट्वीट सन्देश जारी गर्दै रक्षामन्त्री सिंहले यी अत्‍याधुनिक विमान भारतीय वायुसेनाको क्षमतामा क्रान्तिकारी परिवर्तन ल्याउने बताउनुभयो। रक्षामन्त्री राजनाथ सिंहले भारतीय वायुसेनालाई यी विमानहरुलाई सहजै ल्याएकोमा बधाई दिनुभयो। उहाँले कोभिड महामारीका दौरान पनि विमानको आपूर्ति गराएकोमा फ्रान्स सरकार र सम्बन्धित कम्पनीहरुलाई धन्‍यवाद दिनुभयो । रक्षामन्त्रीले यी विमानहरुमा उडान क्षमता, त्यसका अस्‍त्र-शस्‍त्र तथा राडार र सेन्सर जस्ता विशिष्‍टताले दुनियामा श्रेष्‍ठ मध्ये भएको बताउनुभयो ।

आज अम्बालाको हवाई अड्डामा अवतरण भएका 5 विमानहरु मध्ये 3 वटा एक सीट भएका र 2 सीट भएका 2 राफाल विमान रहेका छन । फ्रान्सको कम्पनी डसोल्टद्वारा निर्मित यी विमानहरु सोमवार दक्षिण फ्रान्सको बोर्डो मेरिग्नेक एयरबेसबाट भारतका लागि उडान भरेका थिए । भारतले फ्रान्सबाट 2016 मा 59 हजार करोड रुपैयाँमा 36 विमान खरिद गरेको थियो, त्यही मध्ये 7 हजार किमी दूरी पार गर्दै भारत पुगेका हुन । यी विमानहरु बिचमा ईन्धन भर्नका लागि युएईको फ्रान्सेली वायु केन्‍द्रमा रोकिएको थियो । फ्रान्सस्थित भारतीय दूतावासले एक बयानमा 10 विमानको आपूर्ति निर्धारित समयमा गरेको त्यसमध्ये पाँच विमान प्रशिक्षण मिशनका लागि फ्रान्समै रहने बताएको छ । बाँकी छत्तीस विमानहरु पनि 2021 को अन्त्य सम्म भारत पुग्नेछन।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...