HomeFeatureनेपालका जिउँदो बाघ बडाकाजी अमरसिंह थापाको स्मृति

नेपालका जिउँदो बाघ बडाकाजी अमरसिंह थापाको स्मृति

सिन्धुली, 31 जुलाई 2020, राजु थापा मगर

“म बाघको डमरू हुंँ, सिनो खाने स्याल हैन।”– अमरसिंह थापा

सिन्धुली जिल्लाको कनपा २, चियावारीमा नेपाल एकीकरणका योद्धा अमर सिंह थापाको २०४ औ स्मृति दिवस मनाइएको छ । जिउँदो बाघका नामले पनि परिचित निर्भय, पराक्रमी, युद्ध चातुर्य, इमान्दार र विश्वासी कमान्डर अमर सिंह थापाका पराक्रमका कथा स्मरण गरेर बिहीबार स्मृति दिवस मनाइएको हो ।

नेपाल-अंग्रेज युद्धको समयमा नेपालको पश्चिम किल्लाका सर्बोच्च कमान्डर बडाकाजी अमरसिंह थापा,जो अंग्रेजको कुनै पनि प्रलोभनमा नपरी राष्ट्रिय हितलाई सर्वोपरि ठानी विरता पुर्वक अंग्रेजसङ्ग लडेकाले हामी उनलाई राष्ट्रिय विभुतिको रूपमा सम्मान गर्छौ।

समारोहमा बोल्दै विशिष्ट अतिथी कमलामाई नगरपालिकाका सूचना अधिकृत तथा इतिहास खोजकर्ता सागर कुमार ढकालले नेपाल एकीकरण अभियानमा बहादुर शाह र राजा रण बहादुर शाहले निकै मन पराइएका कमान्डर अमर सिंह थापा सन 1814 मा कमाण्डिङ गर्न सिन्धुलीगढी पनि आएको बताउनु भयो । उहाँ निकै देश प्रेमी हुनुहुन्थ्यो । आफ्नो छोरा भिमसेन थापा देशको प्रधानमन्त्री हुँदा उहाँ पाल्पाको बडाहाकिम भएर पनि काम गर्नुभएको थियो।

बगाले थापा कुल उत्खनन समितिको आयोजनामा भएको कार्यक्रमको संयोजन टलक थापाले गर्नुभएको थियोे।
पुर्व सिन्धुली जिल्ला सभापति नरेन्द्र जङ्ग थापाको सभापतित्व, जिल्ला समन्वय समितिको प्रबक्ता चित्र बहादुर बुढाथोकीको प्रमुख अतिथ्य, कमलामाई नगरपालिकाका सूचना अधिकृत तथा इतिहास खोजकर्ता सागर कुमार ढकालको बिशिस्ट अतिथ्य, पर्यटनकर्मी राजु थापा मगर, पत्रकार दिपेस थापा, कार्यक्रम संचालक कुस थापा लगाएत विभिन्न क्षेत्रका ब्यक्तित्वहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...