HomeFeatureभ्रष्टाचारविरोधी उपसचिव प्रेमप्रसाद सञ्जेलमाथि कर्मचारीद्वारा कार्यकक्षमै कुटपिट

भ्रष्टाचारविरोधी उपसचिव प्रेमप्रसाद सञ्जेलमाथि कर्मचारीद्वारा कार्यकक्षमै कुटपिट

मोरङ, 1 अगस्त 2020

भ्रष्टाचारविरोधी भनेर चिनिएका श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख उपसचिव प्रेमप्रसाद सञ्जेलमाथि कुटपिट भएको छ। उहाँमाथि दुईजना कार्यालय सहयोगी महिला कर्मचारीले कार्यकक्षमै कुटपिट गरेका हुन्।  जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले कुटपिटमा संलग्न भएको आरोपमा नेत्रा भट्टराई र मेनुका सापकोटा कोइरालालाई नियन्त्रणमा लिएको बताउनुभएको छ।

प्रहरीले प्रेमप्रसाद सञ्जेलले फोन गरेर आफूमाथि कुटपिट भएको जानकारी दिएपछि प्रहरी टोली गएर दुईजना महिला कर्मचारीलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरी उपरीक्षक खड्काले ड्युटीको विषयमा विवाद भएपछि हातपात भएको बताएको छ ।

सञ्जेलले ड्युटी गर्न नमानेका 2 जना कर्मचारीलाई ड्युटी गर्नुपर्छ भन्दा उनिहरुले आज बिहान साढे ११ बजेतिर कुटपिट गरेको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो ।

कुटपिट गरेको आरोप लागेका कर्मचारीहरूले भने सञ्जेलले बढी काममा लगाउने गरेको र अनावश्यक गालीगलौज पनि गर्ने गरेको बताएका छन्।

भट्टराई र सापकोटाले चप्पल, पञ्चिङ मेसिनलगायतले सञ्जेललाई कुटपिट गरेको खुलेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...