HomeFeatureएसिड प्रहार गर्ने व्यक्तिलाई जन्म कैद वा एसिडै प्रहार गर्नुपर्ने पीडितहरुको माग

एसिड प्रहार गर्ने व्यक्तिलाई जन्म कैद वा एसिडै प्रहार गर्नुपर्ने पीडितहरुको माग

काठमाण्डौ, 3 अगस्त 2020

तेजाब (एसिड) प्रहार गर्नेलाई कडा कानून बनाई कारबाही गर्न पीडितहरुले माग गरेका छन् । प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक समितिको सोमबारको बैठकमा उपस्थित एसिड आक्रमणका पीडितहरुले कडा कानून बनाउन माग गरेका हुन् । उनीहरुले एसिड प्रहार गर्ने व्यक्तिलाई जन्म कैद गर्नुपर्ने अथवा एसिडको बदलामा एसिडबाट नै कारबाही हुनुपर्ने माग राखेका छन् । कमजोर दण्ड सजायका कारण एसिड प्रहार गर्ने घटनाहरु बढिरहेको र अरुको जीवन बर्बाद पार्नेगरी आक्रमण गर्नेहरुलाई सामान्य दण्ड सजायले नपुग्ने भन्दै कडा कानून बनाउन माग गरेका हुन् । एसिड आक्रमणबाट पीडित हुनुभएकी जेनी खडकाले कानूनमा दण्ड सजायको व्यवस्था कम हुँदा एसिड अक्रमणको घटना नरोकिएको बताउनुभयो । कमजोर कानून देख्दा आफुलाई अदालत जान समेत मन नलागेको उल्लेख गर्दै सामान्य कानूनबाट न्याय नपाएकाले आक्रमण गर्नेहरुलाई पनि एसिडको बदला एसिडबाटै कारबाही गर्र्ने व्यवस्था गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो ‘कानून पढ्दा दुईवटा कानून के थियो भने एक त ५ वर्षदेखि ८ वर्ष सम्मको सजाय त्योपनि अनुहार नै कुरुप भएको छ भने अरु सरिरको कुनै अर्थ नै छैन् । मेरो त हातभरी छ घाँटीभरी छ अनुहार त मेरो बचेको छ त्यो मेरो लक्किले बचेको हो । जहाँ परेपनि आखिर पीडा त उस्तै नै हो । अदालतमा के छ भने अरु बाँकी पार्टको तीन वर्ष देखि ५ वर्ष सम्मको र अनुहार नै कुरुप भएको छ भने ५ वर्षदेखि ८ वर्ष सम्मको छ । क्षतिपूर्ति पनि एक लाख देखि ५ लाख सम्मको भन्ने छ । क्षतिपूर्ति चहिदैन किन भने त्यो क्षतिपूर्तिले हुनेवाला केही छैन् । एसिड आक्रमण हुन्छ सरकारले पुरै जिम्मा लिओस उसको स्वास्थ्यको उपचार गर्ने पुरै जिम्मा लिओस । अनि कानूनमा, हजुरहरुलाई सायद सुन्दा बदलाको भावना हुन्छ तर एसिडको बदला एसिड नै भयो भने एक जना पनि महिला कसैमाथि पनि आक्रमण हुँदैन ।

एसिड आक्रमणबाट पीडित हुनुभएकी मुस्कान खातुनले एसिड प्रहार गर्ने अपराधीलाई जन्म कैद हुनुपर्ने माग गर्नुभयो । ८ वर्ष सम्म कैद सजाय हुने भएपनि दिन रात गणना गर्दा चार वर्ष मै उन्मुक्ति पाउने भएकाले सजाय कम भएको बताउनुभयो । उहाँले भननुभयो ‘अपराधीलाई जन्म कैद हुनप¥यो । किनकी कानूनमा ५ वर्ष देखि ८ वर्ष सम्म सजाय छ । रात दिन गिन्ति गरेर आठ वर्ष सजाय भयो भने चार वर्ष मै निस्किन्छ र तिनिहरुले पीडा के हो भनेको बुझ्दै बुझ्दैन । हाम्रो यो दाग कहिले पनि जाँदैन । यो दाग हाम्रो जीवन भरिका लागि नै बस्छ । त्यसैले म भन्न चाहन्छु की अपराधिलाई जन्म कैद नै हुनुपर्छ ।’

एसिड आक्रमणबाट पीडित हुनुभएकी संगीता मगरले सजाय कम हुँदा प्रतिसोध लिने काम बढेको बताउनुभयो । उहाँले अरुको जीवन बर्बाद गरेपछि पनि आठ दश वर्ष मात्रै कैद सजाय भोगेर बाहिरिन पाइन्छ भने एसीड प्रहार किन नगर्ने भन्ने सोच आएकाले घटनाहर घटिरहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘मैले त्यसको जिन्दगि बर्बाद गर्नु थियो मैले गरिसके मलाई कति नै सजाय हुन्छ । धेरै भए आठ वर्ष दश वर्ष के नै हुन्छ र मेरो जीन्दगी ? म आठ दश वर्षमा बुढो त हुँदिन, सायद त्यो पछि पनि मेरो जिन्दगी छ, म केही गर्छु त्यसको जिन्दगी त मैले डामाडोल गरेर मेरो इच्छा पुरा भयो । मेरो जिन्दगी अझै बाँकी छ भन्ने सोचको कारणले गर्दापनि अपराधीहरुको झन मनोबल बढ्छ की । कानून हाम्रो देशमा छैन ।’

मुलुकी अपराधसंहिताको दफा १९३ अनुसार तेजाव वा अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी अनुहार कुरुप हुनेगरी आक्रमण गर्नेहरुलाई ५ देखि ८ वर्ष सम्मको कैद र एक लाख रुपैयाँ देखि ५ लाख रुपैयाँ सम्म जरिबाना र शरीरको अन्य अङ्ग कुरुप पारेमा वा पीडा पु¥याएमा तीन वर्ष देखि ५ वर्ष सम्म कैद र पचास हजार रुपैयाँ देखि तीन लाख रुपैयाँ सम्म जरिबाना गर्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...