HomeFeatureसबै तहका सरकारद्वारा वैकल्पिक सिकाईलाई जोड दिनुपर्ने शिक्षामन्त्रीको भनाई

सबै तहका सरकारद्वारा वैकल्पिक सिकाईलाई जोड दिनुपर्ने शिक्षामन्त्रीको भनाई

काठमाडौं, 7 अगस्त 2020

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलले कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएकाले सबै तहका सरकारले बैकल्पिक शिक्षा प्रणालीलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ। संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबार बसेको बैठकमा मन्त्री पोख्रेलले संक्रमणको जोखिम बढ्दै गएकाले प्रत्यक्ष कक्षा कोठामा भेला भएर पठन पाठन गर्ने अवस्था नरहेकाले सबै तहका सरकारले वैकल्पिक सिकाईलाई जोड दिनुपर्ने बताउनुभएको हो । उहाँले वर्तमान अवस्था असामान्य रहेकाले असामान्य ढंगले नै सिकाई र बुझाईका मान्यताहरुलाई विकास गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले बन्दा- बन्दीका समयमा विभिन्न बैकल्पिक माध्यमबाट गरिएको सिकाई शैक्षिक सत्रसंग जोडिने र शैक्षिक सत्रको गणना हुने जानकारी गराउदै सोही अनुसार वैकल्पिक सिकाईलाई स्थानीय सरकारले जोड दिनुपर्ने बाउनुभयो। उहाँले भन्नुभयो “प्रत्यक्ष कक्षा कोठामा उपस्थिति भएर पठन पाठन गराउने अवस्था छैन। असामान्य परिस्थितिमा असामान्य ढंगले हाम्रा मान्यताहरु विकास गर्नुपर्ने हुन्छ । तिनीहरुले भोली सामान्य परिस्थितिको लागि पनि योगदान दिन सक्दछन् ।

उहाँले लामो समय देखि स्कुलहरु बन्द रहेकाले पठन पाठन प्रभावित रहेको तर्फ सरकार सचेत र गम्भीर बन्दै दुरशिक्षाको पद्धतिको आधारमा सिकाई अगाडि बढाउन निर्देशिका जारी गरेको बताउनुभयो । उहाँले शिक्षालयहरुलाई संक्रमण हुने केन्द्रको रुपमा अगाडि बढ्न नदिने तर्फ सरकार सचेत रहेको बताउनुभयो। उहाँले भन्नुभयो “शिक्षालयहरुलाई संक्रमण हुने केन्द्रको रुपमा अगाडि बढ्न नदिनका लागि हामीले गम्भीरतापूर्वक लिनुपर्छ। यो राज्यले श्रृजना गरेको विभेद होइन । परिस्थितिले ल्याएको हो । स्कुलहरुको पुन संञ्चालनको कार्य ढाँचा निर्माणको अन्तिम चरणमा छौ । कोरोनाको महाविपत्तिले समग्र अर्थतन्त्रमा पारेको प्रभावलई पनि हेर्नुपर्यो । शिक्षा एक्लैलाई मात्रै हेर्ने कुरा छैन। उहाँले सामुदायिक स्कुलका शिक्षकहरुलाई साउन महिना भित्र स्कुल पुग्न निर्देशन भएको र सो विषयमा सरकारले कुनै पनि किसिमको छुट दिन नसक्ने बताउनुभयो । पठन पाठन सुरु नभएको अवस्थामा सरकारी शिक्षकहरुलाई स्कुल पुग्नैपर्ने निर्देशनको विरोध भईरहेका बेला मन्त्री पोख्रेलले सो निर्देशनलाई सरकारले पुर्नविचार नगर्ने स्पष्ट पार्नुभएको हो। उहाँले भन्नुभयो “लकडाउनका कारण हुन सक्ने समस्याको व्यवहारीक कुराहरुको समाधान हुन्छ । तर यो वा अर्को नाममा स्कुलसंग नगाँसिने कुरा हुन सक्क्तैन।

उहाँले निजि क्षेत्रबाट सञ्चालित विद्यालयहरुलाई राज्यले भिन्न ढंगले हेर्न नसक्ने स्पष्ट पार्नुभयो।बैठकमा केही समिति सदस्यले निजी क्षेत्रबाट सञ्चालित विद्यालयले अनलाईन शिक्षा सुरु गरेको भएपनि तीनै स्कुलका शिक्षकले तलब नपाएको तर सामुदायिक स्कुलकका शिक्षकले बसी बसी तलब पाईराखेको भन्दै उनीहरुको समस्याको सम्बोधन पनि सरकारले गर्नुपर्ने धारणा राखेका थिए । केही सदस्यले विगतमा मुनाफा कमाएका निजी स्कुलले शिक्षकलाई तलब दिन नसके ती स्कुलका विद्यार्थी र शिक्षकको जिम्मा सरकारले लिनुपर्ने धारणा राखेका थिए।समिति सदस्य अञ्जना बिशंखेले शिक्षकलाई तलब दिन नसक्ने नीजि स्कुलले आफ्नो स्वामित्व सरकारलाई सुम्पनुपर्ने धारणा राख्नुभयो । सदस्य खगराज अधिकारीले भने नीजि क्षेत्रका विद्यालयका शिक्षकहरु बेरोजगार भएकाले आधा तलब सरकारले वेहोरने गरि समस्या सम्बोधन गर्नुपर्ने बताउनुभयो। सरिता न्यौपाने लगायत केही सदस्यले विद्यार्थीमा मनोबैज्ञानिक त्रास बढ्दै गएकाले त्यस तर्फ पनि गम्भीर बन्नुपर्ने आवश्यकता औल्याउनुभयो । मन्त्री पोख्रेलले संक्रमितलाई राख्नका लागि बैकल्पिक व्यवस्था गरि क्वारेन्टीन बनाईएका स्कुलहरुलाई क्रमैसंग खाली गर्ने र निर्मलिकरण गरिने स्पष्ट पार्नुभएको थियो। उहाँले निजी क्षेत्रबाट संञ्चालित स्कुलले लिने भर्ना लगायत शुल्कका बारेमा भने केही बताउनुभएन।

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...