HomeFeatureअविरल वर्षाले धनगढीका अधिकांश क्षेत्र डुबानमा

अविरल वर्षाले धनगढीका अधिकांश क्षेत्र डुबानमा

कैलाली, 11 अगस्त, हिम शाह

दुई दिनदेखि लगातारको वर्षाका कारण धनगढी उपमहानगरपालिकाका अधिकांश क्षेत्र डुबानमा परेका छन् । धनगढीको बजार क्षेत्र क्याम्पस रोड, शिवनगर, एलएनचोक, पार्कचोक, विशालनगर, मिलनचोक, चौराहा, उत्तरबेहडी, चटकपुरलगायत अधिकांश भूभागमा डुबान भएको हो ।

विशालनगरमा झण्डै आधा दर्जन परिवार विस्थापित भएको स्थानीय टेकराज जोशीले बताउनुभयो । उहाँले घरमा पानी पसेपछि छिमेकी र आफन्तको घरमा बस्नुपरेको बताउनुभयो । सबैभन्दा बढी धनगढीको बजार क्षेत्र र वरपर रहेका वडामा डुबान भएको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर–३ का अध्यक्ष बलबहादुर ऐरले पानी निकास नहुँदा समस्या भएको बताउनुभयो । उहाँले धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को विशालनगर, चटकपुर, बोराडाँडीलगायत क्षेत्रमा डुबान भएको जानकारी दिँदै क्षतिको लगत लिइरहेको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले बाढी बस्तीमा पसेपछि झण्डै तीन सय घरमा पानी पसेको बताउदै भन्नुभयो पानी पसेपछि ५५ घरमा क्षति पुगेको छ । बाँकी क्षतिको विवरण आएको छैन ।

धनगढी उप–महानगरपालिका र नगर विकास समितिकै संलग्नतामा खोलानाला अतिक्रमणको चपेटामा परेपछि धनगढीमा डुबानको समस्या बढ्दैगएको छ । पानी बग्ने नाला र कुलोमा सरकारी तथा निजी भवन, सडक जस्ता संरचना खडा भएका छन् । धनगढीमा सडको पानी निकासका लागि बनाइएका नालीसमेत काम नलाग्ने भएका छन्

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...