HomeFeatureनेपाल बक्सिङ संघ नीति अनुसार चल्न नसकेको भन्दै संघका पदाधिकारीबीचको विवाद उत्कर्षमा

नेपाल बक्सिङ संघ नीति अनुसार चल्न नसकेको भन्दै संघका पदाधिकारीबीचको विवाद उत्कर्षमा

काठमाडौं,11 अगस्त 2020

नेपाल बक्सिङ संघ नीति अनुसार चल्न नसकेको भन्दै संघका पदाधिकारीबीचको विवाद उत्कर्षमा पुगेको छ।आर्थिक अनियमितता, एकलौटी रुपमा संघ सञ्चालन गरेको भन्दै संघका अध्यक्ष राम अवाले र महासचिव सविन भट्टाचार्यबीच विवाद छ।यति बेला नेपाल बक्सिङ संघ आन्तरिक विवादको चंगोलमा रुमलिएको छ।दुई फरक समूहको नेतृत्वमा आरोप प्रत्यारोप भइरहेको छ। अध्यक्षको गुटमा कार्यसमितिको बहुमत छ भने महासचिवको समूहमा कोषाध्यक्षसहितका पदाधिकारी छन। अध्यक्षले एकलौटी रुपमा संघ सञ्चालन गरेको, आर्थिक पादर्शीता नभएको जस्ता आरोप महासचिव सविनले अध्यक्ष समूहलाई लगाएका छन। आन्तरिक खिचातानीको भूमरीमा रुमलिएको संघले सम्भावनाका बावजुद पनि अपेक्षित सफलता हात पार्न सकेको छैन। किचलोका कारण  संघले आफ्नै आयोजनामा हुने राष्ट्रिय प्रतियोगिता समेत गर्न सकेको छैन। प्रतियोगिता तयारी गरिरहेका खेलाडी नेतृत्वको चपेटामा परेका छ।

विवाद समाधनका लागि अध्यक्ष र कार्यसमितका पदाधिकारीहरु बसेर छलफल गर्नु पर्ने महासचिव भट्टचार्य सुझाव दिन्छन। यता अध्यक्ष राम अवाले भने महासचिवको आरोपमाथि छलफल गर्न पनि चाहँदैनन। निरन्तर पर्यास गर्दापनि अध्यक्ष अवाले सम्पर्कमा आउन चाहेनन। संघका महासचिव सविन भट्टचार्य र कोषाध्यक्ष गौतम सुजखुले असार १४ गते बक्सिङ संघमा आर्थिक अनियमितता भएको आरोप लगाउँदै छानविन गर्न माग सहित राखेपमा उजुरी दिएका थिए। सोही उजुरीलाई टेकेर राखेपले अध्यक्षलाई विवरण पेश गर्न आदेश गरेको छ। नेपालले पदक ल्याउने मध्येको खेल बक्सिङ हो। आन्तरिक खिचातानीमा संघ रुमलिँदा खेलाडीमा कस्तो असर पर्छ नेतृत्वले ध्यान दिन जरुरी छ । अनि नियमक निकायले निगरानी राखेर उचित कदम चाल्दा खेलाडीको हित हुन्थ्यो कि ?

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...