HomeFeatureसरकारले आफ्नो विफलता लुकाउन भारतबाट गएकाहरुमाथि दोषारोपण गर्नु गलत: बालकृष्ण पाण्डे

सरकारले आफ्नो विफलता लुकाउन भारतबाट गएकाहरुमाथि दोषारोपण गर्नु गलत: बालकृष्ण पाण्डे

नँया दिल्ली,11 अगस्त 2020

नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले सरकारले कोरोना रोकथाममा आफ्नो विफलता लुकाउन भारतबाट गएकाहरुमाथि दोषारोपण गर्नु गलत भएको बताउनुभएको छ। नेपाली काँग्रेसका केन्द्रीय आमन्त्रीत सदस्य समेत रहनुभएका पाण्डेले सरकारले कोभिड-19 का लागि कुनै कार्ययोजनानै नबनाएर र आफ्नो आन्तरिक द्वन्दमा फसेर कोरोना व्यवस्थापन गर्न नसकेको अवस्थामा भारतबाट आएको कोरोना घातक र भारतबाट आएकाहरुले कोरोना फैलाए भन्नु जस्ता अभिव्यक्ति गलत भएको बताउनु भयो । भारतमा रहेका नेपालीहरु महामारीका क्रममा आफ्नो परिवारमा जान खोज्ने बाध्यतालाई बुझेर आफुहरुले शुरुवातदेखिनै उनिहरुलाई कोरोना जाँच गराएर स्वस्थ भएको अवस्थामा मात्रै नेपाल जान दिन पटक-पटक नेपाल सरकारलाई अपील गरेको तर सरकारको बेवास्ताका कारण कोरोना संक्रमण बढेको उहाँको भनाई छ।पाण्डेले प्रवासी नेपालीहरुकै साढे 6 अर्बभन्दा धेरै रकम नेपाल सरकारसँग रहेको भएपनि सरकारले त्यसको 5-10 प्रतिशत खर्च गरेर भारतमा रहेको नेपालीहरुलाई व्यवस्थित रुपले नेपाल पठाएको भए आज यो अवस्था नआउने बताउनुभयो । हरेक प्रकारका परिवर्तनमा भारतका नेपालीहरुको ठूलो योगदान रहने भएपनि सबैले खोला तरेर लौरो बिर्सिएको जस्तो गर्ने गरि प्रवासी नेपालीहरुलाई बिर्सने गरेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...