HomeFeatureदिल्लीमा बेचिएकी नेपाली युवतीको उद्दार    

दिल्लीमा बेचिएकी नेपाली युवतीको उद्दार    

काठमाण्डौ, 11 अगस्त 2020

करिब १ वर्ष अगाडि साथीको लहैलहैमा काठमाडौदेखि दिल्ली पुर्याई बेचिएकी एक नेपाली युवतीको उद्दार गरि स्वदेश फिर्ता ल्याइएको छ । ती युवती पैसा कमाउने लक्ष्यले दिल्ली पुगेकी थिइन जहाँ उनलाई डान्सबारमा काम लगाइयो। त्यहाँ काम गर्दै आएकी उनलाई त्यसपश्चात विभिन्न मादक पदार्थ तथा औषधी सेवन गर्न लगाइएको देखिन्छ । तत्पश्चात उनलाई पूजा नाम गरेकी महिला र  उनको श्रीमानले यौन व्यवसायमा लगाउन थाले। उनीहरुले पहिलादेखि नै केही किशोरीहरुलाई दिल्लीको माल्बियनगर भन्ने ठाउँमा एउटा फ्ल्याटमा राखी वेश्यावृत्ति संचालन गराउँदै आएका रहेछ्न् । उक्त ठाउँमा ती युवतीलाई पनि  राखी विभिन्न व्यक्तिहरुसँग धेरै ठाउँमा पठाउनुको साथै विभिन्न व्यक्तिहरुलाई घरमा नै बोलाएर यौनजन्य क्रियाकलाप गराउँदै आइरहेको पत्ता लागेको हो ।

अाफन्त नेपाल दिल्लीमा रही थुप्रै नेपाली दिदीबहिनीको उद्वार र स्वदेशफिर्ती कार्यमा निरन्तर क्रियाशील नवीन जोशीका अनुसार  ती युवतीलाई एक जना एजेन्टले नै माया गर्ने नाटक गरेर राखेको तथा सोही काम गराउँदै पैसाहरु आफै लिने गरेपछि उनले आफू फसेको महसुस गरेकी थिइन्। सोही क्रममा उनले आत्महत्या गर्ने कोसिस गर्दा उनकै एकजना महिला साथीले सप्तजङ हस्पिटल पुर्याएपछि पुलिसले जानकारी पाएको थियो । त्यसपछि मात्र सबै कुरा बाहिर जानकारीमा आयपछि उनको बारेमा आफन्त नेपाल र रेस्क्यु फाउन्डेसनलाई जानकारी गराइएको थियोे ।

आफन्त नेपालका परामर्शकर्ता तथा उनको स्वदेश फिर्तीमा प्रत्यक्ष संलग्न लक्ष्मी विष्टका अनुसार उनको मानसिक स्थिति बिग्रिएको छ। उनका अनुसार थुप्रै औषधिहरु प्रयोग गराइरहँदा मानसिक स्थिति बिग्रिएको देखिन्छ। तसर्थ उनलाई थप परामर्श र मायाको खाँचो छ जसको लागि आफन्त र आफ्नो परिवारको भूमिका निकै महत्वपूर्ण भएकोले छिटो भन्दा छिटो परिवारको जिम्मा लगाइएको हो।

यस्तो विषम परिस्थितिमा पनि उनको उद्वारमा अहोरात्र खटिएका आफन्त नेपाल र रेस्क्यु फाउन्डेसनका उद्वार कर्ता र परामर्शकर्ताहरु तथा स्वदेशफिर्ती कार्यमा सहयोग पुर्याउने नेपाली दुतावासप्रति आभार व्यक्त गरिएको आफन्त नेपालका निर्देशक ईन्द्रराज भट्टराईले जानकारी गराउनुभएको छ। भट्टराईका अनुसार हाल ती युवतीलाई परिवारको जिम्मा लगाइएको छ । उनी काठमाडौंमा होम क्वारेन्टाइनमा रहेकी छिन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...