HomeFeatureनेपालमा कोभिड-१९ बाट थप ४ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या ९५ पुग्यो

नेपालमा कोभिड-१९ बाट थप ४ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या ९५ पुग्यो

काठमाडौं,13 अगस्त 2020

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार महोत्तरी, धनुषा, अछाम र मोरङ जिल्लामा १-१ जना गरी ४ जनाको मृत्यु भएको हो। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार धनुषाको मिथिला नगरपालिका ७ ढल्केवरका ८५ वर्षिया महिलाको साउन २८ गते विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ। यस्तै अछामको रामारोशन गाउँपालिका-५ का १८ वर्षिय किशोरको साउन २८ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ। उनी मुटुरोगबाट ग्रसित थिए । यस्तै मोरङको विराटनगर महानगरपालिका-३ का ५७ वर्षिय पुरुषको साउन २८ गते कोसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। उनी मधुमेह र उच्च रक्तचापबाट ग्रसित थिए। यसैगरी महोत्तरीको महोत्तरी मटिहानी नगरपालिका ६ का ४५ वर्षिय पुरुषको साउन २५ गते मृत्यु भएको उहाँले बताउनुभयो ।

क्षयरोग र मधुमेहका ग्रसित उनको राज जानकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। प्रदेश नम्बर १ मा ८, प्रदेश नम्बर २ मा ३९ जना, बागमती प्रदेशमा १८ र गण्डकी प्रदेशमा ६ जनाको मृत्यु भएको छ । यस्तै प्रदेश नम्बर ५ मा १२ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ८ जना गरी आजसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ। बिहीबार नेपालमा ५ सय भन्दा बढी संक्रमित थपिएका छन । बिहीबार ९ हजार ८ सय ५९ भएको पीसीआर परीक्षणमा ५ सय २५ जनामा कोरोना संक्रमण देखिएको हो । उपत्यकामा मात्रै १ सय २७ जनामा संक्रमण देखिएको छ । योसँगै आजसम्म कोरोना भाइरसबाट २४ हजार ९ सय ५७ जना संक्रमित भएका छन। आज प्रदेश नम्बर १ मा ७ सय २५, प्रदेश नम्बर २ मा ३ हजार ५ सय ८९, बागमती प्रदेशमा १ हजार ७ सय ३ र गण्डकी प्रदेशमा २ सय ४२ जना संक्रमित उपचाररत रहेका छन ।

यस्तै प्रदेश नम्बर ५ मा ६ सय ८०, कर्णाली प्रदेशमा २ सय १६ र सुदूरपश्चिम प्रदेशमा ८ सय ७० गरी देशभरी ८ हजार २५ संक्रमित उपचाररत रहेका छन । यस्तै होम आइलोसेनमा प्रदेश नम्बर १ मा ७२, प्रदेश नम्बर २ मा ९८ र बागमती प्रदेशमा ३६ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ सय ४५, कर्णाली प्रदेशमा ८ र सुदूरपश्चिम प्रदेशमा ७ सय ७ गरी ४ सय ६६ जना होम आइसोलेसनमा रहेका छन। बिहीबार १ सय ९ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन । प्रदेश नम्बर १ मा १ हजार ४८, प्रदेश नम्बर २ मा ३ हजार ४ सय ४९, बागमती प्रदेशमा ६ सय २७ र गण्डकी प्रदेशमा १ हजार ४ सय ९९ जना संक्रमणमुक्त भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार २ सय २४, कर्णाली प्रदेशमा १ हजार ९ सय ७ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ८३ जना गरी आजसम्म १६ हजार ८ सय ३७ जना डिस्चार्ज भएका छन । देशभरीका क्वारेन्टिनमा क्वारेन्टिनमा १४ हजार ७ सय ५९ जना रहेका छन।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...