HomeFeatureकार्यदलले नेकपाभित्रको समस्या समाधान गर्न छलफल गरी प्रतिवेदन बुझाउने

कार्यदलले नेकपाभित्रको समस्या समाधान गर्न छलफल गरी प्रतिवेदन बुझाउने

काठमाण्डौ, 14 अगस्त 2020

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको लामो समयदेखिको विवाद सुधारोन्मुख देखिएको छ। आज प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अधयक्ष पुष्पकमल दाहालबीच भएको भेटवार्तापछि विवाद समाधानका लागि कार्यदल गठन गर्ने सहमति बनेसँगै विवाद सुधारोन्मुख देखिएको हो । पार्टीभित्र देखिएका समस्या पार्टीभित्र नै समाधान गर्न सकिन्छ भन्ने निष्कर्षमा अध्यक्षद्वय पुगेको समितिका संयोजक विष्णु पौडेलले बताउनुभयो। न्यूज एजेन्सी नेपालका संवाददातासँग कुराकानी गर्दै पार्टीभित्र देखिएको समस्यालाई संस्थागत ढंगले समाधान गर्न ६ सदस्य रहेको कार्यदल गठन भएको उहाँले बताउनुभयो। कार्यदलले समस्या के हुन ? समाधान के हुन सक्छ ? भन्ने विषयमा विस्तृत छलफल गरी प्रतिवेदन अध्यक्षद्वयलाई बुझाउने उहाँले बताउनुभयो । प्रतिवेदन अध्ययन गरी अध्यक्षद्वयले पार्टीको औपचारिक बैठकमा प्रस्तुत गर्ने उहाँले बताउनुभयो। महासचिव पौडेलले पार्टीभित्र जुनसुकै समस्या देखिएपनि समस्याहरुको सकारात्मक समाधान गरि एकतालाई सबल बनाउँदै अगाडी बढ्नुपर्छ भन्ने निष्कर्षका साथ कार्यदल गठन भएको बताउनुभयो । नेकपा महासचिव समेत रहनुभएका पौडेलले नेकपा विभाजनको कल्पना गर्ने प्रवृतिको अगाडी अझ एकतावद्ध भएर अगाडी बढ्ने सन्देश प्रवाह भएको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘पार्टीमा विग्रहको कल्पना गरेका थिए कतिपयले । नेकपामा कुनै प्रकारको विग्रह हुँदैन। एकतावद्ध भएर अगाडी बढ्छ ।नेकपाको एकता अच्छुर्ण रहन्छ भन्ने कुरा सुनिश्चित भएको छ।महासचिव पौडेलले नेकपा एकतावद्ध रहने कुरामा आस्वस्त रहन सबैलाई आग्रह गर्दै उहाँले भन्नुभयो, ‘‘नेकपा एकतावद्ध रहने कुरामा आस्वस्त रहन सबैमा आग्रह गर्दछु । आफ्नो अभिभारा सफलतापूर्वक पुरा गर्न नेकपा अगाडी बढेको छ। नेकपामा विग्रहको खोजी गर्ने शक्तिहरु, प्रवृतिहरु र तत्वहरुलाई भन्न चाहान्छु, अब नेकपा भित्र खेल्ने यस प्रकारका कोशिष नगर्नुहोला। नेकपा आफ्नो अभिभारा बुझ्न सामर्थ छ। जनताले दिएको जिम्मेवारी पुरा गर्न प्रतिवद्ध छ। पार्टीभित्रका समस्याहरु जटिल अवस्थामा रहेको उल्लेख गर्दै उहाँले पार्टीका आन्तरिक समस्याका कारण सरकार सञ्चालनमा समेत समस्या रहेको बताउनुभयो । ‘‘समस्याहरु निकै जटिल अवस्थामा पुगेको सत्य हो । जसले गर्दा पार्टी र सरकारका काममा विभिन्न प्रकारका व्यवधान सिर्जना भए । प्रभावकारी ढंगले काम अगाडी बढ्न सकेनन। अब सरकार र पार्टीका काम प्रभावकारी ढंगले अगाडी बढाउँछौ । सरकार र पार्टी दुबै प्रभावकारी भूमिकाका साथ प्रस्तुत हुन्छन,’’ उहाँले भन्नुभयो। कार्यदलमा महासचिव पौडेलसँगै स्थायी समति सदस्यहरू शंकर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे, जनादर्न शर्मा र पम्फा भुसाल रहनुभएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...