HomeFeatureनेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय २० पुग्यो, २८ हजार ९...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय २० पुग्यो, २८ हजार ९ सय ३८ जना संक्रमित

काठमाडौं,19 अगस्त 2020

नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप ६ जनाको मृत्यु भएको  छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं र बर्दियामा १-१ जना पुरुषको मृत्यु भएको छ। यस्तै मोरङ, भक्तपुर, चितवन र सुनसरीमा १-१ जना महिला गरी ६ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय २० पुगेको छ। आज ६ सय ८१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन। २ सय १६ महिला र ४ सय ६५ पुरुष गरी ६ सय ८१ जनामा संक्रमण देखिएको हो। काठमाडौंमा आज मात्रै १ सय ३४ जना, ललितपुरमा १७ र भक्तपुरमा ८ जनामा संक्रमण देखिएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार ९ सय ३८ जना पुगेका छन । आज पीसीआर विधिबाट ११ हजार ५ सय २२ परीक्षण भएका छन । देशभरी आइसियुमा १ सय ३१ र भेन्टिेलटरमा ६ जना जना संक्रमित उपचाररत रहेका छन । देशभरीका आइसोलेसनमा ११ हजार १ सय १८ जना रहेका छन । जसमा प्रदेश नम्बर १ मा १ हजार ६०, प्रदेश नम्बर २ मा २ हजार ३७, बागमती प्रदेशमा २ हजार ६ सय ८९ र गण्डकी प्रदेशमा २ सय ८८ जना संस्थागत आइसोलेसनमा रहेका छन ।

यस्तै प्रदेश नम्बर ५ मा ८ सय ३८, कर्णाली प्रदेशमा २ सय ४५ र सुदूरपश्चिम प्रदेशमा ८ सय ३० गरी संस्थागत आइसोलेसनमा ७ हजार ९ सय ८७ जना रहेका छन । यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा २ सय ५, प्रदेश नम्बर २ मा २ हजार ५ सय ४५ बागमती प्रदेशमा १ सय ११ र गण्डकी प्रदेशमा २७ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा २ सय ४, कर्णाली प्रदेशमा ११ र सुदूरपश्चिम प्रदेशमा २८ गरी ३ हजार १ सय ३१ जना होम आइसोलेसनमा रहेका छन । आज १ सय २० जना संक्रमित निको भएर घर फर्किएका छन । प्रदेश नम्बर १ मा १ हजार १ सय ४४, प्रदेश नम्बर २ मा ३ हजार ७ सय ९३, बागमती प्रदेशमा ७ सय २४ र गण्डकी प्रदेशमा १ हजार ५ सय ६८ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार २ सय ९०, कर्णाली प्रदेशमा १ हजार ९ सय ६१ र सुदूरपश्चिम प्रदेशमा ४ हजार २ सय २० जना गरी १७ हजार ७ सय जना डिस्चार्ज भएका छन । आज देशभरीका क्वारेन्टिनमा १३ हजार ५ सय ७१ जना रहेका छन । प्रदेश नम्बर १ मा २ हजार १ सय १६, प्रदेश नम्बर २ मा १ हजार ४ सय ८५, बागमती प्रदेशमा ९ सय ४९ र गण्डकी प्रदेशमा २ हजार ९ सय २ जना क्वारेन्टिनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ९ सय ३१, कर्णाली प्रदेशमा ६ सय २३ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ५ सय ६५ जना क्वारेन्टिनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...