HomeFeatureभारतको चेन्नईमा तीजको बेलामै एक नेपाली चेलीद्वारा आत्महत्या, घटनाको कारण अस्पष्ट

भारतको चेन्नईमा तीजको बेलामै एक नेपाली चेलीद्वारा आत्महत्या, घटनाको कारण अस्पष्ट

चेन्नई, 21 अगस्त

हिन्दु नारीहरुको महान पर्वका हरितालिका तीजका बेला महिला दिदीबहिनीहरुले रमाइलो गरिरहेका बेला भारतको चेन्नईमा एक नेपाली चेलीले भने आत्महत्या गरेको खबर छ । काँस्की जिल्लाको रूपा गाउपालीका वाड नं ६ का स्थायी बासिन्दा अमृत केसीकी कान्छी श्रीमती अमृता केसीले दर खाने दिनका दिन बिहीवार आत्महत्या गरेकी हुन । चेन्नईको प्यारीसमा कार्यरत अमृत केसीकी श्रीमती अमृता केसी 36 वर्षकी थिइन । उनले हिजो करिव २ बजे अपराह्न आफ्नै कोठामा झुन्डीएर आत्मा हत्या गरेकी हुन । उनले आत्महत्या गरेको यकीन कारण थाहा हुन नसके पनि 3 महिने लकडाउनका क्रममा नेपाल गएका श्रीमान चेन्नई फर्किएको एक हप्तापछि उनले आत्महत्या गरेको खुल्न आएको छ । उनले आत्महत्या गर्दा श्रीमान कामले बाहिर गएका थिए । अमृता केसीलाई घटनापछि राजीव गान्धी हस्पिटल लगिएपनि डाक्टरहरुले उनलाई मृत घोषित गरेको थियो ।

आज पुलिस कारवाही पुरा गरिएपछि साँझ साढे 4 बजे नुङ्गामबाक्कुम सम्सान घाटमा अन्तिम संस्कार गरिएको मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य एंव दक्षिण पश्चिम भारत क्षेत्रीय समितिका अध्यक्ष महेन्द्र बस्यालले बताउनुभएको छ ।

अन्तिम संस्कारमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य महेन्द्र बस्याल,  क्षेत्रीय सदस्य ज्योतिनारायण शर्मा, क्षेत्रीय सदस्य तथा उत्तर नगर अध्यक्ष उमानन्द आचार्य, चेन्नई उत्तर नगर सचिव मोहराज सुवेदी, बुद्धि थापा, नारायण खड्का, कृष्ण थापा, भिम बहादुर कुँवर र बिष्णु क्षेत्री सहभागी रहनु भएको थियो । मूल प्रवाहले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोक संतप्त परिवारप्रति सम्वेदना प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...