कैलाली, 22 अगस्त
अछामकाे कैलास खाेलामा आएकाे बाढीबाट ज्यान गुमाएका पीडित परिवारलाई अमेरिकाबाट विष्णु शाहले एक लाख एक हजार सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
उहाँले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै ‘कैलास खाेलाकाे बाढिपहिरोले अछाममा निकै नै बढि मानवीय तथा धनजनको क्षती भएको छ। १७ जनाको दुःखद मृत्यु भएको छ। हजाराै भन्दा बढि परिवारकाे क्षति भएको छ। त्यस्तै हजारौं नागरिकलाई बाढीले प्रभावित बनाएको छ। यस प्राकृतिक बिपतको घडिमा सबैलाई सहयाेग गर्न अव्हान समेत गर्नु भएको छ ।’ 
कैलास खाेलामा आएकाे बाढिपहिराेले कराेडाैकाे धनजनकाे क्षती पुर्याएकाे छ भने १७ जना बेपत्ता बनाएकाे छ । रामाराेशन सडक पुर्ण रुपमा अबराेध भएकाे छ ।









































