HomeTrending Newsअभ्यास गर्न नपाउँदा खेलाडीहरुलाई ओलम्पिकको सहभागिता खल्लो हुने हो कि भन्ने चिन्ता

अभ्यास गर्न नपाउँदा खेलाडीहरुलाई ओलम्पिकको सहभागिता खल्लो हुने हो कि भन्ने चिन्ता

काठमाण्डौं, 22  अगस्त 2020

महाकुम्भ मेला ओलम्पिकमा सहभागि जनाउँदै पदक हाँसिल गर्ने लक्ष्य प्राय खेलाडीले बुनेका हुन्छन । नेपाली खेलाडी पनि त्यो लक्ष्यलाई पूरा गर्न दिनरात मिहेनत गरिरहेकै छन् । कोरोनाका कारण एक वर्ष पछि धकेलिएको टोकियो ओलम्पिकका लागि नेपाली खेलाडी अभ्यास गर्न नपाउँदा सहभागिता खल्लो हुनेमा चिन्तित छन् ।  ओलम्पिक सहभागिता जनाउनु नेपाली खेलाडीका लागि एउटा ठूलो उपलब्धिको सूचकको रुपमा लिइन्छ । छनोट चरण पार गर्दै नेपाली खेलाडीले सहभागिता जनाए नेपाली खेलकै शानको रुपमा व्याख्या पनि गरिन्छ । त्यसो त अहिलेसम्म छनोट पार गरेर ओलम्पिकमा तेक्वान्दोका संगीना वैद्य र दीपक विष्टले मात्र राष्ट्रको प्रतिनिधित्व गरेका छन् । उनीहरुको अब्बल मिहेनत र लगाबले उनीहरुको ओलम्पिक बाटो खुलेको थियो । तर अहिले नेपाली खेलाडीको ओलम्पिक सहभागितालाई कोरोना तगारो बनेको छ, अभ्यासमा जुट्न नपाउँदा । नेपाली खेलाडीलाई ओलम्पिक सहभागिताको खुडकिलो छनोट चरण पार गर्न निकै कठिन छ । छनोटमा असफल भए पनि छनोट प्रतियोगितामा गरिएको प्रदर्शन र प्राप्त नतिजाका आधारमा ओलम्पिक सहभागिताको मौका दिने माध्यम वाइल्ड कार्ड मौकालाई सदुपयोग गर्न कहरका बीचमा पनि अभ्यास दिनुपर्ने खेलविज्ञ सुशीलनरसिंह राणाले बताउनुभयो ।

वाइल्डकार्ड अवसर सदुपयोग गर्न पनि खेलाडीलाई राम्रो प्रदर्शन र नतिजा आवश्यक पर्छ । त्यसकालागि पनि अभ्यास र प्रदर्शन निकै जरुरी हुन्छ । वाइल्ड कार्डबाट भए पनि ओलम्पिकमा सहभागिता जनाउने लक्ष्य लिएकी करातेकी अनु अधिकारीले तीब्र गतिमा फैलिएको कोरोनाले अभ्यास गर्न कठिनाई भएको अनुभव सुनाइन ।

नेपाली खेलाडीलाई प्रत्यक्ष रुपमा नियाल्ने नेपाल ओम्पिक कमिटीले सहभागि हुने खेलाडीका लागि अहिलेसम्म विकल्प कुनै बाटो दिएको छैन । नेपाल बाहेक दक्षिण एसियाका केही देशमा ओलम्पिकमा सहभागिता जनाउने खेलाडीलाई सरकारले नै निश्चित मापदन्ड बनाएर अभ्यासलाई तीब्रता दिइरहेको छ । तर ओलम्पिकमा सहभागि हुने खेलाडीको खेल निखार्नका लागि नेपाल ओलम्पिक कमिटीले कुनै चासो देखाएको छैन् । सहज अवस्थाको पर्खाइमा छ ओलम्पिक कमिटी । कठिन अवस्थामा सम्बिन्धित संस्थाले अभिभावकत्व गर्न नसक्दा ओलम्पिक कमिटीमाथि औचित्यको प्रश्न उठ्नु पनि स्वभाविक हो । नेपालबाट ७ खेलका १२ खेलाडीको नाम वाइल्डकार्डका लागि सिफारिस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...