अछाम, 22 अगस्त , हिम शाह
अछाम बाढीमा बगेर बेपत्ता भएका ११ जना मध्ये एक जनाको शब फेला परेको छ । रामारोशन गाँउपालिका वडा नं. ५ र ६ जोड्ले झोलुंगे पुलमा शब भटिएको अछाम प्रहरीले जनाएको छ । भटिएको शब रामारोशन गाँउपालिका वडा नं. ५ का नन्दु साउदका छोरा १९ बर्षिया रपेश साँउदको भएको पुष्टी भएको प्रहरीले जनाएको छ । फेला परेको शब सनाखत भई मृतकका ठुलो वुवा अम्मर साउदले शब बुझेका प्रहरीको भनाई छ । उक्त शबको हात, पेट र टाउकाको केही भाग स्थानियले देखेपिछ प्रहरीलाई खबर गरेका थिए । शब भेटिएको स्थलमा प्रहरी पुगेर पहिचान पुष्टी गरिएको अछाम प्रहरीका सुचना अधिकारी प्रहरी निरिक्षक रमेश दत्त अवस्थीले बताए । रामारोशन गाँउपालिका अन्र्तगत कैलाश खोलामा बाढी आउदा १७ जना बेपत्ता भएका थिए जसमध्ये ६ जनाको शब यसअघि नै फेला परिसकेको थियो । आज १ जनाको शब फेला परेपनि बाँकी १० जनाको शब अझै पत्ता लाग्न सकेको छैन । बाढी पहिरोले रामारोशनको सैनीबजारका २२ घर सहित बिभिन्न धनजनको क्षति गरेको थियो ।









































