HomeFeatureनेपालमा कोभिड १९ संक्रमणबाट थप तीन जनाको मृत्यु, अहिलेसम्म ज्यान गुमाउनेको संख्या...

नेपालमा कोभिड १९ संक्रमणबाट थप तीन जनाको मृत्यु, अहिलेसम्म ज्यान गुमाउनेको संख्या १ सय ४९ पुग्यो

काठमाण्डौ, 23 अगस्त 2020

नेपालमा कोभिड १९ संक्रमणबाट थप तीन जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयले आइतबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोभिड १९ संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको बताउनुभयो । जसमध्ये झापाका एक जना ५८ वर्षीय पुरुष, पर्साका एक जना ५६ वर्षीय महिला र सर्लाहीका एक जना ३३ वर्षीय महिला रहेका छन् । यससँगै हाल सम्म कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या १ सय ४९ पुगेको छ ।

प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा देशभर ८ सय १८ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको बताउनुभयो । जसमध्ये २ सय २० जना महिला र ५ सय ९८ जना पुरुष रहेका छन् । यससँगै हालसम्म कुल संक्रमितको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ६६ जना नयाँ संक्रमित पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ सय २६ जना, ललितपुरमा १२ जना र भक्तपुरमा २८ जना रहेका छन् ।

आज सम्म नेपालमा कुल सक्रिय संक्रमितको संख्या १३ हजार १ सय ५५ पुगेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा ९ हजार २ सय १२ जना संक्रमित रहेका छन् । प्रदेश १ मा १ हजार १ सय ५२, प्रदेश २ मा १ हजार ८ सय ९०, बागमती प्रदेशमा ३ हजार ६ सय १७, गण्डकी प्रदेशमा ३ सय ५० जना, प्रदेश ५ मा ९ सय ३५ जना, कर्णाली प्रदेशमा ३ सय १८ र सूदुरपस्चिम प्रदेशमा ९ सय ५० जना रहेका छन् । त्यस्तै होम आइसोलेसनमा रहने संक्रमितहरुको संख्या ३ हजार ९ सय ४३ रहेको छ । जसमध्ये प्रदेश १ मा २ सय ७३ जना, प्रदेश २ मा ३ हजार २ सय ७ जना, बागमती प्रदेशमा १ सय ११ जना, गण्डकी प्रदेशमा १८ जना, प्रदेश ५ मा २ सय ८६ जना, कर्णाली प्रदेशमा २२ जना र सूदुरपस्चिम प्रदेशमा २६ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा २ सय ८१ जना संक्रमित निको भएर घर फर्किएका छन् । यससँगै हाल सम्म १८ हजार ६ सय ३१ संक्रमितहरु निको भएका छन् । पछिल्लो २४ घण्टामा ८ हजार २६ पीसीआर परीक्षण भएको छ । यससँगै हाल सम्म कुल पीसीआर परीक्षण संख्या ६ लाख ४ सय ४४ पुगेको छ ।

आज ११ हजार ४ सय १४ जना व्यक्तिहरु क्वारेन्टाइनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...