HomeFeatureउपत्यकामा जारी निषेधाज्ञाको 8 औं दिनमा यस्तो देखियो काठमाडौं (फोटो फिचर)

उपत्यकामा जारी निषेधाज्ञाको 8 औं दिनमा यस्तो देखियो काठमाडौं (फोटो फिचर)

काठमाडौं, 27 अगस्त 2020

कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकारले उपत्यकामा जारी गरेको निषेधाज्ञाको आज (बिहीबार) आठौं दिन पुगेको छ। काठमाडौं उपत्यकामा कोभिड- १९ संक्रमणको जोखिम बढ्दै गएपछि भदौ ३ गते मध्यरात देखि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेका थिए। यस्तै बुधबार फेरी एक साताका लागि निषेधाज्ञा थप गरी भदौ १७ गते मध्यरात सम्मका लागि कायम गरेको छ। निषेधाज्ञाका कारण उपत्यकाका मूख्य सडकसँगै भित्रि सडकहरु पनि सुनसान देखिन्छन। अत्यावश्यक कामका लागि बाहेक मानिसहरु घर बाहिर निष्कन पाएका छैनन। सवारी साधानको आवागमन पनि निकै न्यून छ। प्रहरीले मुख्य सडकको चोक-चोकमा बसेर सवारी साधनको चेकजाँचलाई कडाई गरेको छ।

 

बिहीबार उपत्यकाको बानेस्वर, तीनकुने, सिनामंगल, एयरपोर्ट, गौशाला, ज्ञानेश्वर लागयतका ठाउँमा पुग्दा सवारी साधनको आवागमन न्यून देखिएको छ। फुटपाथमा मानिसहरुको आगावमन पनि निकै न्यून छ। सडकमा एम्बुलेन्स, स्वास्थ्यकर्मी, खाद्यन्न ढुवानी, सञ्चार, बैंक, विद्युत, खानेपानी लगायत अत्यावश्यक सेवाका सवारी साधनहरु मात्रै सञ्चालनमा आएको देखिन्छ । भित्रि सडकमा पनि सवारी साधनको आवागमन न्यून छ भने अत्यावश्यक खाद्यान्न, दुध लगायतका पसलहरु विहान ९ बजे सम्म खुलेका छन। उपत्यकाका तीनवटै जिल्लाका प्रशासनले विहान सवा ९ बजेसम्म खाद्यन्न लगायतका पसलहरु सञ्चालन गर्न दिने निर्णय गरेको थियो । त्यसैले विहानको समयमा मानिसहरु आफ्नो घर नजिकको पसल सम्म पुगेर किनेमल गर्ने गरेका छन।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...