HomeFeatureभारतमा 21 सेप्टेम्बरदेखि विद्यालयहरु खुल्दै, सरकारद्वारा विद्यालयहरुका लागि मापदण्ड जारी

भारतमा 21 सेप्टेम्बरदेखि विद्यालयहरु खुल्दै, सरकारद्वारा विद्यालयहरुका लागि मापदण्ड जारी

नयाँ दिल्ली, 9 सेप्टेम्बर

भारतमा यसै महिनाको 21 सेप्टेम्बरबाट कक्षा 9 देखि 12 सम्मका विद्यार्थीहरुका लागि विद्यालय खोलिने भएको छ । भारत सरकारले आज विद्यालयमा पठन-पाठनका लागि एक मापदण्ड समेत जारी गरेको छ । स्वास्थ्य मन्त्रालयले स्वैच्छिक आधारमा आंशिक रूपले विद्यालय खोल्नका लागि मापदण्ड जारी गरेको हो ।

मापदण्डका अनुसार कोभिड-19 को लक्षण भएका विद्यार्थी, शिक्षक र स्टाफहरुलाई स्कूलमा प्रवेश गर्न रोक लगाइएको छ । त्यसैगरि विद्यार्थीहरुले एक आपसमा कापी, कलम, पेन्सील र पानीको बोतल लगायतका सामग्री आदान-प्रदान गर्न पाउने छैनन । विद्यालयमा सभा र खेल खेल्न पनि प्रतिबन्ध गरिएको छ ।

दिशा निर्देश अनुसार, स्कूलमा विद्यार्थीहरुलाई बस्नका लागि कम्तिमा 6 फिटको दूरी कायम गरिएको हुनेछ । शिक्षक र विद्यार्थीहरुले मास्कको अनिवार्य रुपमा प्रयोग गरेको हुनुपर्नेछ ।  शिक्षक र विद्यार्थीहरुको संवाद हुँदा खुल्ला मैदानको प्रयोग गरिएको हुनुपर्नेछ ।

शिक्षक र अन्य स्टाफहरु आधा संख्यामा बोलाइएको हुनु पर्नेछ । स्कूलहरुमा फेस कवर, मास्क, सेनिटाइजर, थर्मल गन, अल्कोहल वाइप, डिस्पोजिबल पेपर टावल, साबुन आदिको पर्याप्त व्यवस्था गरिएको हुनुपर्ने भनिएको छ ।

विद्यार्थीहरुले स्कूल जानका लागि अभिभावकको लिखित अनुमति लिएको हुनुपर्नेछ र  त्यसका लागि शिक्षक-विद्यार्थीहरुको बिचमा समय-समयमा संवाद हुनुपर्ने भनिएको छ ।

 त्यसैगरि क्वारिन्टिन सेन्टरको रुपमा प्रयोग गरिएको विद्यालयहरुलाई सेनिटाइज गरिएको हुनुपर्नेछ । यदि स्कूल हातामा कसैलाई कोभिड-19 को लक्षण देखिएको अवस्थामा उसलाई अलग्गै राखेर अस्पतालहरुलाई जानकारी दिइनेछ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...