HomeFeatureनिषेधाज्ञाको आज २१ औं दिनमा उपत्यकाका सडकमा भीडभाड

निषेधाज्ञाको आज २१ औं दिनमा उपत्यकाका सडकमा भीडभाड

काठमाण्डौ, 9 सेप्टेम्बर 2020

काठमाडौं उपत्यका भित्र जारी भएको निषेधाज्ञाको आज २१ दिन । उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाको आज (बुधबार) २१ दिन पुगेको छ । भदौ तीन गते मध्य रात देखि उपत्यकाका तीन वटै जिल्लामा निषेधाज्ञा आदेश जारी भएको हो । आज दिउसो उपत्यकाका मूख्य सडकमा पुग्दा सवारीसाधनको चाप भने बढेको देखिएको छ । लामो समय निषेधाज्ञा जारी हुँदा उपत्यकाको जनजीवन प्रभावित भएको छ । त्यसैले पनि मानिसहरु निषेधाज्ञाको प्रवाह नगरी सडकमा यात्रा गरिरहेका देखिन्छन् । विभिन कार्यालयमा काम गर्न जाने कर्मचारीको संख्या पनि सडका धेरै देखिन्छ । सरकारले अत्यावस्यक सेवाका भनेर तोकेका भन्दा बाहेकका सवारी साधन पनि सञ्चालनमा आएको देखिन्छ । सुरक्षाकर्मीले पनि सवारी साधनको चेकजाँचलाई खुकुलो बनाएको छ  । लामो समय निषेधाज्ञा हुँदा अर्थतन्त्र धारासायी हुने र मानिसहरुलाई रोगले भन्दा भोकले सताउने स्थिति आएपछि निषेधाज्ञाको मोडालिटि परिवतर्तन गरी बजारलाई खुला गर्न जनदवाव पनि बढेको छ । व्यवसायीहरुले फेरि पनि यही प्रकृतिको निषेधाज्ञा जारी भए निषेधाज्ञा आदेश उलङ्घन गरेरै भएपनि व्यवसाय सञ्चालन गर्ने बताउँदै आएका छन् । यस्तै उपत्यकाका भित्रि सडक क्षेत्रमा रहेका पसलहरु दिनभर फाट्टफुट्ट सञ्चालनमा आएको देखिन्छ । मानिसहरु आफ्नो घर नजिकको पसल सम्म पुगेर किनमेल गर्ने गरेका छन् । आजै उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्ने अथवा निरन्तरता दिने भन्ने सम्बन्धमा निर्णय गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...