HomeFeatureसरकारले जर्मनी, बेल्जियम र पाकिस्तानका लागि सिफरिस गरेका राजदूतको नाम अनुमोदन

सरकारले जर्मनी, बेल्जियम र पाकिस्तानका लागि सिफरिस गरेका राजदूतको नाम अनुमोदन

काठमाण्डौं, 10 सेप्टेम्बर 2020

सरकारले सिफरिस गरेको तीनजना राजदूतहरुको नाम संसदीय सुनुवाई विशेष समितिले सर्वसम्मत अनुमोदन गरेको छ ।  समितिको आजको बैठकले राजकाजी खड्का, गेहेन्द्र राजभण्डारी र तापस अधिकारीको नाम सर्वसम्मतले अनुमोदन गरेको हो । सरकारले खड्कालाई जर्मनी, राजभाण्डरीलाई बेल्जियम र युरोपियन युनियन तथा अधिकारीलाई पाकिस्तानको राजदूतका लागि सिफरिस गरेको थियो । प्रस्तावित राजदूतहरुको योग्यता, क्षमता र अनुभवका आधारमा संघीय संसदको संयुक्त बैठक र संयुक्र समिति (कार्य सञ्चालन) नियमावली २०७५ को नियम २६ को उपनियम (५) अनुसार समितिबाट नाम सर्वसम्मतिले अनुमोदन गरेको समिति सभापति लक्षमणलाल कर्णले बताउनुभयो ।

सभापति कर्णले सरकारले समानुपातिक समावेशीताको सिद्धान्त अनुसार राजदूतहरुको नाम सिफारिस नभएको प्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । रिक्त रहेका सबै देशमा एकै पटक राजदूत नियुक्ति नगर्दा समस्या देखिएपनि आगामी दिनमा नियुक्ती गर्दा सोही अनुसार गर्न सरकारलाई समितिले निर्देशन समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...