HomeFeatureयसरी टुङ्गिदैछ नेकपाको विवाद, कार्यकारी अध्यक्ष प्रचण्ड रहने र चैत्र अन्तिम साता...

यसरी टुङ्गिदैछ नेकपाको विवाद, कार्यकारी अध्यक्ष प्रचण्ड रहने र चैत्र अन्तिम साता पार्टीको महाधिवेशन गर्ने

काठमाण्डौं, 11 सेप्टेम्बर

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले आगामी चैत्र अन्तिम साता पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ ।  करिब डेढ महिना स्थगित भएपछि आज बसेको बैठकले आगामी चैत्र २५ देखि ३० गतेसम्म पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको हो । महाधिवेशनको तयारी सम्बन्धि कामलाई अगाडी बढाउन आगामी कार्तिक १५ देखि १७ सम्म केन्द्रिय कार्यसमिति बैठक बोलाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

बैठकले पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी पूर्ण रुपमा पुष्पकमल दाहाल प्रचण्डले सम्हाल्ने निर्णय पनि गरेको छ । यसअघि गत मंसिरमा प्रचण्डले कार्यकारी अध्यक्षको भूमिका निर्वाह गर्ने निर्णय भएपनि कार्यान्वयनमा समस्या आएकाले त्यसलाई आजको बैठक थप व्यख्या गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । स्थायी समितिको निर्णयसँगै प्रचण्ड कार्यकारी अधिकार सहित पार्टी सञ्चालन र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली सरकार सञ्चालनमा केन्द्रित हुनुहुनेछ । प्रवक्ता श्रेष्ठले पार्टीको मार्गनिर्देशनमा सरकार सञ्चालन ओलीले गर्ने बताउनुभयो । सरकारको दैनिक काममा पार्टीले हस्तक्षेप नगर्ने तर आधारभूत महत्व र राष्ट्रिय महत्वका निर्णय गर्दा पार्टीको मार्गनिर्देशनलाई ध्यान दिएर सरकारले निर्णय गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको छ । सचिवालको र दुई अधयक्षको परामर्श तथा सहमतिमा निर्णय गर्नुपर्ने उहाँले बताउनुभयो सरकारले प्रस्तुत गर्ने विधेयकको शैद्धान्तिक पक्षका बारेमा पार्टीको कमिटीहरुमा छलफल गरेर अगाडी बढ्ने निष्कर्षपनि बैठकले निकालेको छ ।

अध्यक्षद्वयले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि भएको छलफलमा नेताहरु झलनाथ खनाल र माधव कुमार नेपाल लगायत १३ जना सदस्यले आफ्नो धारणा राख्नुभएको छ । बैठकमा आएका धारणा र लिखित रुपमा सदस्यहरुले पेश गरेका सुझावहरुलाई समेत प्रस्तावमा समावेश गरी पारित भएको उहाँले बताउनुभयो ।

बैठकले नेपाल भारत सीमा समस्या समाधानका लागि सरकारले गरेका प्रयासहरुलाई सकारात्मक रुपमा लिँदै अतिक्रमणमा परेको भूमिमा नेपालको भोगचलन र भारतीय सेना फिर्ताका लागि वार्ताबाट आवश्यक पहल गर्न सुझाव दिएको छ ।

कोभिड १९ नियन्त्रण, रोकथाम र उपचारका लागि सरकारले गरेका कामहरु सकारात्मक रहेको बैठकले निष्कर्ष निकालेको छ । अझै प्रभावकारी नियन्त्रण र उत्पन्न परिस्थितिको सम्बोधनका लागि राष्ट्रिय एकताका साथ अगाडी बढ्न सरकारलाई बैठकले सुझाव दिएको उहाँले बताउनुभयो । स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउँदै देखिएका समस्या सम्बोधनमा देखिएका समस्यालाई गम्भिरतापूर्वक लिन पनि सुझाव दिएको छ ।

अमेरिकी सहयोग परियोजना एमसीसीलाई आवश्यकता अनुसार संशोधन र परिमार्जन गरी अनुमोदन गर्ने निर्णय पनि नेकपाले गरेको छ । झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको सुझावका आधारमा संशोधनको प्रकृया छिट्टै अगाडी बढाउने उहाँले बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजनका लागि चाहाना राख्ने देखि विदेशी शक्तिहरु असफल भएको बताउनुभएको उहाँले बताउनुभयो । यस्तै अर्का अध्यक्ष प्रचण्डले पार्टीलाई दुर्घटनाबाट बचाउँदै एकताको रक्षा गरी बैचारिक र सांगठनिक रुपमा अझै मजवुद बनाएर अगाडी बढाउने दिशामा गएको बताउनुभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...