HomeFeatureनेपालमा एकैदिन कोरोना भाइरसबाट थप १४ जनाको मृत्यु, अहिलेसम्म ३ सय ३६...

नेपालमा एकैदिन कोरोना भाइरसबाट थप १४ जनाको मृत्यु, अहिलेसम्म ३ सय ३६ जनाको गयो ज्यान

काठमाण्डौ, 12 सेप्टेम्बर

नेपालमा कोरोना भाइरस (कोभिड—१९) थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज महिला ३ र पुरुष ११ जनाको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा तीन, भक्तपुर र रुपन्देहीमा २—२ जनाको मृत्यु भएको छ । प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ७६ वर्षिया महिला, ५१ र ५४ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै भक्तपुरमा ७२ र ३८ वर्षिय तथा रुपन्देहीमा ६० र ४० वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । यसैगरी सुनसरीमा ४३ वर्षिय पुरुष, चितवनमा ६१ वर्षिय पुरुष, तनहुँमा ७६ वर्षिया महिला, पर्सामा ७८ वर्षिया महिला, गोरखामा ४५ वर्षिय पुरुष, स्याङ्जामा ८५ वर्षिय पुरुष र कास्कीमा ५१ वर्षिय पुरुषको मृत्यु भएको उहाँले बताउनुभयो । आजसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ३६ जना पुगेको छ । आज १२ सय १ जना नयाँ संक्रमित थपिएका छन । १० हजार १ सय ७६ पीसीआर परीक्षण भएकोमा महिला ४ सय १६ र पुरुष ८ सय ७५ जनामा कोरोना संक्रमण देखिएको हो । काठामाडौंमा ३ सय ७७, ललितपुरमा ३७ र भक्तपुरमा १६ जनामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ५३ हजार १ सय २० पुगेको छ ।

आज देशभरी सक्रिय संक्रमितको संख्या १५ हजार २ सय ६० जना रहेकोमा संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ३ सय ३२, प्रदेश नम्बर २ मा ८ सय ५७, बागमती प्रदेशमा ५ हजार १ सय ४६ र गण्डकी प्रदेशमा ८ सय ३० जना संक्रमित उपचाररत छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार २ सय ६३, कर्णाली प्रदेशमा २ सय ४९ र सुदूरपश्चिम प्रदेशमा ४ सय २० गरी देशभरी संस्थागत आइसोलेसनमा ९ हजार १ सय ७ जना उपचाररत रहेका छन ।

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ३३, प्रदेश नम्बर २ मा १ हजार ५ सय ४५, बागमती प्रदेशमा २ हजार ५ सय १७ र गण्डकी प्रदेशमा ७६ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ६ सय ५४, कर्णाली प्रदेशमा १ सय २ र सुदूरपश्चिम प्रदेशमा२ सय २६ जना गरी देशभरी ६ हजार १ सय ५३ जना होम आइसोलेसनमा रहेका छन । यस्तै आज आइसियुमा १ सय ६० र भेन्टिलेटरमा २४ जना संक्रमित उपचाररत रहेका छन ।

आज ८ सय ५२ जना संक्रमित निको भएर घर फर्किएका छन । आजसम्म प्रदेश नम्बर १ मा ३ हजार ३ सय ९०, प्रदेश नम्बर २ मा १० हजार ५ सय २३, बागमती प्रदेशमा ६ हजार ८ सय २० र गण्डकी प्रदेशमा २ हजार १ सय ९९ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ६ हजार ३ सय १२, कर्णाली प्रदेशमा २ हजार ४ सय ८४ र सुदूरपश्चिम प्रदेशमा ५ हजार ७ सय ९६ जना गरी आजसम्म ३७ हजार ५ सय २४ जना संक्रमित निको भएर घर फर्किएका छन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...