HomeFeatureनेपालमा रोकिएका विदेशी नागरिकहरुको भिसा सेवा शुरु

नेपालमा रोकिएका विदेशी नागरिकहरुको भिसा सेवा शुरु

काठमाडौं,14 सेप्टेम्बर 2020

अध्यागमन विभागले कोरोना भाइरस (कोभिड-१९) का कारण नेपालमा रोकिएका विदेशी नागरिकहरुको भिसा सेवा सुरु गरेको छ। कोरोना संक्रमण जोखिमका कारण अन्तर्राष्ट्रिय उडान बन्द रहेको अवस्थामा नेपालमा रोकिएका विदेशी नागरिकहरुको भिसा सेवा आइतबारबाट सुरु गरेको हो। विभागले सेवा सुरु गरेपछि पर्यटक भिसा, कामदार भिसा र एनआरएन भिसामा रहेर नेपालमा रोकिएकाहरुलाई आफ्नो देश फर्किन सहज हुने विभागका महानिर्देशक रमेश केसीले बताउनुभयो। लक डाउनपछि पहिलो पटक असार १ गतेबाट भदौ ४ गतेसम्म सेवा सुचारु भएपनि निषेधाज्ञाका कारण केही समय स्थगित भएको थियो। विभागले पुनः आइतबार सेवा सुचारु गरेको उहाँले बताउनुभयो।  भिसाको म्याद सकिएकाहरुको हकमा सेप्टेम्बर १५ (भदौ ३०) सम्म आफ्नो देश फर्किन समय दिइएको छ। सो समयमा फर्किएमा कुनै शुल्क लाग्ने छैन। तोकिएको समयमा पनि फर्किन नसकेमा डिसेम्बर १५ (मंसिर मसान्त) सम्म लागु रहने गरी हरेकले तीन डलर जरिवाना तिरेर बस्न सक्ने उहाँको भनाई छ। लक डाउन जारी भएपछि बन्द रहेको अन्तर्राष्ट्रिय उडान सेवा भदौ १६ गतेबाट खुला भएको छ। उडान खुला भएसँगै नेपालमा लक डाउन निषेधाज्ञाले रोकिएका विदेशी पर्यटकहरुको भिसा सहजिकरणका लागि सेवा सुचारु गरिएको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...