HomeFeatureकेरुङ नाकाबाट मालवाहक कन्टेनर ल्याउने व्यवस्था मिलाइदिन सरकारलाई व्यवसायीहरुको माग

केरुङ नाकाबाट मालवाहक कन्टेनर ल्याउने व्यवस्था मिलाइदिन सरकारलाई व्यवसायीहरुको माग

काठमाडौं,15 सेप्टेम्बर 2020

व्यवसायीहरुले कोभिड-१९ का कारण केरुङ नाकामा एक हजार भन्दा बढी कन्टेनर रोकिएको भन्दै त्यसलाई नेपाल ल्याउन पहल गरिदिन सरकारसँग माग गरेका छन। नेपाल राष्ट्रिय व्यवसायी महासंघमा आवद्ध व्यवसायीहरुले मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट सहित मन्त्रालयका अधिकारीहरुलाई भेट गरी केरुङ नाकामा रोकिएर बसेका मालबस्तु सहितका कन्टेनर ल्याउने व्यवस्था मिलाइदिन आग्रह गरेका हुन। महासंघका अध्यक्ष नरेश कटुवालले केरुङ नाकामा १० महिना देखि मालबस्तु रोकिएर बसेको भन्दै छिटोभन्दा छिटो कुटनीतिक पहल गरी नेपाल ल्याउने व्यवस्था मिलाईदिन मन्त्री भट्टसमक्ष माग गर्नुभयो । त्यस्तै लकडाउनका कारण लामो समय पसल बन्द गर्नुपर्ने अवस्था हुँदा व्यवसायीहरुसँग बैंकको ब्यजादर र घरभाडा तिर्न सक्ने क्षमता समेत नभएकाले समय थप गर्ने व्यवस्था मिलाइदिन समेत व्यवसायीहरुले माग गरेका छन। त्यस्तै व्यवसायीहरुसँग मासिक भ्याट तथा राजश्व तिर्ने पैसा समेत नभएकाले तिर्ने समय अवधि थप गरिदिन अध्यक्ष कटुवालले माग गर्नुभयो ।

व्यवसायीहरुको भेटमा मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले व्यवसायीहरुले राखेका माग जायज भएकाले मन्त्रालयले सम्बन्धित ठाउँहरुमा पहल गर्ने बताउनुभयो । पुनरकर्जा उपलब्ध गराउने विषयमा अर्थमन्त्रालयसँग कुरा गर्ने उहाँले बताउनुभयो । त्यस्तै केरुङ र तातो पानीमा देखिएको समस्या समाधानका लागि मन्त्रालयले कुटनीतिक पहल सुरु गरिसकेको समेत उहाँले बताउनुभयो। लकडाउनपछि व्यवसाय सञ्चालन गर्न चालु पूँजी समेत नभएकाले बिना धितो न्यूनतम पाँच प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउन समेत व्यवसायीहरुले माग गरेका छन् । कोभिडको असर उद्योगमा मात्रै नभएर व्यापार व्यवसायमा समेत परेकाले पुनरकर्जाको सुविधा आफुहरुले समेत पाउनुपर्ने माग व्यवसायीहरुको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...