HomeFeatureचार वर्षे कार्यकाल सकेर कुलमान घिसिङको विदाई

चार वर्षे कार्यकाल सकेर कुलमान घिसिङको विदाई

काठमाडौं,15 सेप्टेम्बर 2020

नेपाल विद्युत प्राधिकरणमा चार वर्ष नेतृत्व पुरा गर्नुभएका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्राधिकरणले विदाई गरेको छ। प्राधिकरणका कर्मचारीहरुले मंगलबार एक कार्यक्रम आयोजना गरी घिसिङलाई बिदाई गरेका हुन। घिसिङको चार वर्षे कार्यकाल भदौ २८ गते मध्यरातबाट सकिएको छ। बिदाई कार्यक्रममा बोल्दै घिसिङले एकजना कार्यकारी निर्देशकले मात्रै सबै कामको जस लियो भन्ने कुरा गलत भएको बताउनुभयो। घिसिङले अहिले सम्म कहिं कतै बोल्दा आफुले मात्रै क्रेडिट लिने गरी नबोलेको समेत प्रस्ट पार्नुभयो। उहाँले प्राधिकरणका सबै कर्मचारी, मन्त्रालय, सरकार, रानजनीतिक दल सबैको समुहिक प्रयासबाट मात्रै लोडसेडिङ हटाउन र प्राधिकरणलाई नाफामा लैजान सफल भएको दोहोर्याउनु भयो। तर प्राधिकरणको हितको लागि आफुले केही कुरामा अडान लिएको पनि घिसिङले बताउनुभयो। आफुले लिएको अडानबाट गर्न नसकिने र गर्न नहुने कामको बास्तविकता समेत देखाउन सफल भएको पनि उहाँले बताउनुभयो। जुन कुराले संस्थालाई हित गर्दैन त्यो कुरामा आफुले स्ट्याण्ड लिदा आफुले मात्रै क्रेडिट लिन खोज्यो भन्नु गलत भएको पनि उहाँले बताउनुभयो। तरपनि चार वर्षमा नागरिक, सरकार र प्राधिकरणका सबै कर्मचारीको सहयोगले संस्थाको हितका लागि काम गर्न सकेको बताउनुभयो ।

विदाई कार्यक्रममा घिसिङले प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ती माथि जनचासो बढ्नु पनि उपलब्धी भएको बताउनुभयो । यद्यपी घिसिङले एकै जना व्यक्ति सधै प्राधिकरणको कार्यकारी रहिरहनु पर्छ भन्ने पक्षमा नरहेको पनि स्पस्ट पार्नुभयो । धेरै व्यक्ति वा कर्मचारीहरु प्राधिकरणलाई नेतृत्व दिन सक्ने अवस्थामा पुगेकाले भविश्यमा प्राधिकरणको साखः अझ बढ्ने विश्वास समेत घिसिङले व्यक्त गर्नुभयो । सरकार र राजनीतिक नेतृत्वको मार्गदर्शन अनुसार सबै कर्मचारीले काम गर्दा यो तहसम्मको सफलता पाएकोले अवको दिनमा पनि प्राधिकरण थप सबल बन्दै जाने विश्वास पनि घिसिङले गर्नुभयो । २०५१ सालमा सातौं तहको इन्जिनियरबाट नेपाल विद्युत प्राधिकरणमा प्रवेश गर्नुभएका घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त हुनुभएको थियो । उहाँको विदाई भएसँगै अबको कार्यकारी निर्देशकमाको आउँछ भन्ने विषय भने बाँकी नै छ । आम नागरिक तहमा भने फेरीपनि कुलमान नै प्राधिकरणमा आए हुन्थ्यो भन्ने आकांक्षा देखिन्छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...