HomeFeatureबेङ्गलोरमा 3 वर्षको छोरालाई छोडेर युवतिद्वारा आत्महत्या, एक हप्तामा दोस्रो घटना

बेङ्गलोरमा 3 वर्षको छोरालाई छोडेर युवतिद्वारा आत्महत्या, एक हप्तामा दोस्रो घटना

बेङ्गलोर, 17 सेप्टेम्बर, मिनेश रावल

कर्नाटक राज्यको बेङ्गलोरमा फेरि एक नेपालीले आत्महत्या गरेको खबर प्रकाशमा आएको छ । बेङ्गलोरको इलेक्ट्रोनिक सिटीमा बस्दै आएकी एक युवतीले हिजो (बुधवार) राति आत्महत्या गरेकी हुन । डडेल्धुरा जिल्लाको जोगबुडा स्थायी घर भएका खडक महताकी 24 वर्षीया पत्नी शान्ता महताले आत्महत्या गरेकी हुन । उनले घरको बाथरुममा पासो लाएर आत्महत्या गरेको उनिहरुकै चिनजानका एक व्यक्तिले बताएका छन । जानकारीका अनुसार मृतक युवतीका पति खडक महता सोही स्थानमा चौकीदारी गर्ने गर्छन भने उनि आफैपनि घरायसी काम गर्ने गर्दथिन । उनको 3 वर्षको एक छोरा पनि रहेको छ । उनले किन आत्महत्या गरेको भन्ने कुरा अहिले स्पष्ट हुन सकेको छैन । पुलिसले घटनाको अनुसन्धान गरिरहेको जनाइएको छ । साथै पुलिस थानामा युवतिको माइति पक्ष पनि पुगेको जानकारी पाइएको छ ।

दक्षिण भारतमा पछिल्लो समय विभिन्न कारणले आत्महत्याका घटना बढिरहेको छ । बेङ्गलोरमा गत 9 सेप्टेम्बरमा सुर्खेत पञ्चपुरी नगरपालिका वार्ड नम्बर 8 का बिमल मगरले आत्महत्या गरेका थिए। उनि बेङ्गलोरको पणतुरमा बस्दै आएका थिए । त्यसैगरि चेन्नईमा पछिल्लो 6 महिनामा 9 जना नेपालीले आत्महत्या गरेको जानकारी पाइएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...