HomeFeatureनेपाली सुरक्षाकर्मीको अवैध असुलीले भारत आउने नेपाली समस्यामा, चोर बाटोबाट भारत आउन...

नेपाली सुरक्षाकर्मीको अवैध असुलीले भारत आउने नेपाली समस्यामा, चोर बाटोबाट भारत आउन बाध्य

कपीलवस्तु, 17 सेप्टेम्बर

नेपाल भारतको खुल्ला सीमाबाट ओहोर-दोहोर गर्ने नेपालीहरुले नेपाली सुरक्षाकर्मीबाटनै दुःख पाउने गरेको गुनासो गरेका छन । खासगरि नेपाल-भारत सीमाको कृष्णनगर नाकाबाट भारत आउदै गरेका नेपालीहरुबाट नेपाली सुरक्षाकर्मीहरुलेनै अवैध असुली गरिरहेका छन । नेपाल-भारत सीमाबाट अहिले भारतीय पहिचान पत्र भएका नेपालीहरुलाई मात्रै प्रवेश दिइएको छ । भारतीय सुरक्षा जाँचकर्मीहरुले भारतीय पहिचान पत्र वा आधार कार्ड भएका नेपालीहरुलाई सोधपुछपछि सहजै भारत आउन दिने भएपनि नेपाली सुरक्षाकर्मीहरुले रकम लिएर मात्र भारत आउन दिने गरेका छन । कयौं पटक नेपाली सुरक्षाकर्मीहरुले पैसा लिएर पनि घण्टौसम्म सीमामा कुराउने गरेको पीडित नेपालीले बताएका छन ।

एक पीडितले नाम नबताउने शर्तमा भने हामी 4 जना भारतीय पहिचान पत्र भएकाहरु भारत आउँदै थियौं । नेपाली सुरक्षाकर्मीले सीमामा रोकेर हामीसँग 5 / 5 सय रुपैया लिएर घण्टौ कुर्न लगाए । त्यसपछि हामीले आफ्नो पैसा फिर्ता लिएर खेतैखेतको चोर बाटोबाट सीमा काटेर रेलवे फाटकसम्म आएको र त्यसपछि बसमा सवार भएर राजस्थान पुग्यौ ।

यद्धपी आफुहरुलाई सीमा पार गरेपछि भारतीय सुरक्षाकर्मी एसएसबीले रोकेपनि सामान्य चेकजाँच र आइडी देखाएपछि आउन दिएको उनले बताए ।

तस्वीरमा देखाइएको भिडीयो कृष्णनगर सीमाको हो । भिडीयोमा नेपाली सुरक्षाकर्मीको दुःखले प्रताडित भएपछि कयौं नेपालीहरु चोर बाटोबाट सीमा पार गरि बस उभिएको ठाँउमा पुगिरहेका छन । लकडाउनका कारण घर गएका नेपालीहरु बेरोजगारीका कारण छाक टार्नका लागि भारत आउन बाध्य छन । तर सरकारले उनिहरुको आवत जावतलाई सहज गर्ने कुनै किसिमको पहल नगर्दा उनिहरु ज्यानकै जोखिम मोलेर भारत आउन बाध्य भएका छन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...