काठमाण्डौ, 22 सेप्टेम्बर 2020
डा. गोविन्द केसीले ट्रमा सेन्टरबाट स्वेच्छिक डिस्चार्ज लिनुभएको छ । अनसनरत केसीले आज ट्रमा सेन्टरबाट स्वेच्छिक डिस्चार्ज लिनुभएको हो । दिउँसो ट्रमा सेन्टर पुर्याइका केसीले साँझ स्वेच्छिक डिस्चार्ज लिनुभएको हो । ९ दिनदेखि अनसनरत केसी आज नै नेपालगञ्जबाट आउनुभएको थियो । उहाँ त्रिवि शिक्षण अस्पताल जान खोजेपनि प्रहरीले जबर्जस्ती ट्रमा सेन्टर पुर्याएको थियो । केसीले शिक्षण अस्पतलमा आफुलाई भर्ना नगर्दासम्म कुनै परीक्षण गर्न नदिने र उपचार पनि नलिने अडान लिएपछि उहाँलाई आज नै शिक्षण अस्पताल सारिएको हो । केसीका समर्थकहरुले ‘वि आर विथ जिकेसी’, ‘डा केसी एक्ला छैनौं, हामी तिम्रो साथ छौं’ लगायतका नारा लगाएका थिए ।









































