HomeFeatureकोरोना महामारीले नकारात्मक असर परेकोले सामाजिक द्वन्द निम्तने तर्फ सचेत रहन सांसदहरुको...

कोरोना महामारीले नकारात्मक असर परेकोले सामाजिक द्वन्द निम्तने तर्फ सचेत रहन सांसदहरुको आग्रह

काठमाण्डौ, 25 सेप्टेम्बर 2020

महामारीको समयमा सञ्चार समन्वय अभाव र विभेदका कारण सामाजिक द्वन्द सिर्जना हुन सक्नेतर्फ सचेत हुन सांसदहरुले आग्रह गरेका छन। कोरोना महामारीका कारण समाजमा ठूलो नकारात्मक असर परेको र त्यसले सामाजिक द्वन्द निम्त्याउने सक्ने तर्फ सचेत रहन सांसदहरुले आग्रह गरेका हुन । संसदको महिला तथा सामाजिक समितिमा भएको छलफलमा सांसद विन्दा पाण्डेले कोरोना महामारी सम्बन्धि कतिपय विषयहरुमा विज्ञहरुकै कुरा बाँझिनु राम्रो नभएको बताउनुभयो । आम जनता दोधारमा पर्नेगरी विज्ञहरुलाई आफ्नो धारणा सार्वजनिक नगर्न उहाँले आग्रह गर्नुभयो । यहाँले जनचेतनामुलक सन्देश सम्प्रेषण गर्दा समेत आम जनबोलीमा प्रयोग हुने शब्द प्रयोग गर्न पनि आग्रह गर्नुभयो ।

सांसद विद्या भट्टराईले कोरोनाबाट सिमान्तकृत, विपन्न र राज्यको पहुँबाट टाढा रहेका नागरिकहरु बढी प्रभावित भएको बताउनुभयो । प्रभावित क्षेत्रलाई राज्यको मूलधारमा ल्याउन नसके सामाजिक द्वन्द सिजर्ना हुने खतरा रहेको उहाँले बताउनुभयो ।

सांसद लक्ष्मी परियारले गर्भवति, सुत्केरी महिला र नवजात शिशु महामारीले प्रभावित भएको बताउनुभयो । लक डाउने जीविकोपार्जन हुने अवस्था नभएकोले भोली भोकमरीको अवस्था सिर्जना हुनेतर्फ ध्यान दिन आग्रह गर्नुभयो । चाडबाड नजिकिँदै गर्दा खाद्यान्नको मूल्य

छलफलमा सहभागि विज्ञ डा. युवराज लुईंटेलले महामारीले सामाजिक, आर्थिक क्षेत्रमा पारेको नकारात्मक प्रभावबाट बाहिर निस्किन जरुरी रहेको बताउनुभयो । समाजमा बन्दाबन्दीले नाकारत्मक धारणाको विकास हुने डर रहेको उहाँले बताउनुभयो।

छलफलमा सहभागि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सहसचिव टेकराज निरौलाले महामारीको प्रभावलाई मध्यनजर गर्दै लक्षित समूहका लागि छुट्टाछुट्टै फोकल पर्सन तोकिएको बताउनुभयो । समस्यामा परेका महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरु समस्या सम्बन्धित फोकल पर्सनले सम्बोधनका लागि सम्बन्धित क्षेत्र र व्यक्तिसँग सहजिकरण गर्ने गरेको बताउनुभयो ।

समितिले महिला, बालबालिका, जेष्ठ नागरिक र फरक रुपले सबल व्यक्तिहको पीसीआर परीक्षण कार्यलाई प्राथगमिकता दिन तथा वैकल्पिक रुपमा विशेष व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दिर्नेशन दिएको छ । महामारीको अवस्थामा संयमित र सभ्य व्यवहारलाई स्थिर राख्नका लागि थप प्रभावकारी कदम चाल्न कोभिड १९ ले समाजमा पारेको प्रभावको तत्काल अध्ययन, अनुसन्धान गर्न गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएको छ । यस्तै महामारी सम्बोधन गर्न कानूनी÷नीतिगत÷रणनीतिगत उवं संयन्त्रगत व्यवस्था नभएकाले सो कुराको सम्बोधन का लागि विशेष ध्यान दिन पनि समितिले सरकारलाई निर्देशन दिएको छ । समितिले महामारी सम्बन्धि तथ्यगत सूचना सम्पे्रषण गर्न सञ्चार माध्यमहरुलाई आग्रह गरेको समिति सभापति निरुदेवी पालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...