HomeFeatureकोभिड-१९ बाट थप ६ जनाको मृत्यु, योसँगै नेपालमा ज्यान गुमाउनेको संख्या ४...

कोभिड-१९ बाट थप ६ जनाको मृत्यु, योसँगै नेपालमा ज्यान गुमाउनेको संख्या ४ सय ५९ पुग्यो

काठमाण्डौ, 25 सेप्टेम्बर 2020

नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन महिला र तीन पुरुषको कोरोनाबाट मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङका २ जना रहेका छन । मोरङमा ६० वर्षिया महिला र ५५ वर्षिय पुरुषको मृत्यु भएको हो । यस्तै सप्तरीमा ७० वर्षिय पुरुष, ललितपुरमा ५१ वर्षिय पुरुष, काठमाडौंमा ७५ वर्षिया महिला र कपिलवस्तुमा ७० वर्षिया महिलाको मृत्यु भएको हो । यो सँगै नेपालमा मृत्यु हुनेको संख्या ४ सय ५९ पुगेको छ । नेपालमा आज थप १ हजार ३ सय १३ जना कोरोना संक्रमित थपिएका छन । १२ हजार २ सय ६२ पीसीआर परीक्षण भएकोमा महिला ४ सय ५३ र पुरुष ८ सय ६० जनामा संक्रमण देखिएको हो । आज काठमाडौंमा ५ सय ३, ललितपुरमा ९१ र भक्तपुरमा ५१ जनामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको छ । आज १ हजार ४ सय ५५ जना गरी आजसम्म कोरोनामुक्त हुनेको संख्या ५१ हजार ८ सय ६६ पुगेको छ । आइसियुमा २ सय २७ र भेन्टिलेटरमा ३९ जना संक्रमित उपचाररत रहेका छन । देशभरी सक्रिय संक्रमितको संख्या १८ हजार २ सय ८९ पुगेको छ । आज देशभरीका संस्थागत आइसोलेसनमा ८ हजार २ सय ३७ र होम आइसोलेसनमा १० हजार ५२ जना संक्रमित उपचाररत रहेका छन । क्वारेन्टिनमा ६ हजार ४ सय ६४ जना रहेका छन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...