HomeFeatureमोहन्याल गाउँपालिकाका पहिरो पीडितहरुलाई आर्थिक गतिशिल युवा समाजद्वारा आर्थिक सहयोग

मोहन्याल गाउँपालिकाका पहिरो पीडितहरुलाई आर्थिक गतिशिल युवा समाजद्वारा आर्थिक सहयोग

कैलाली, 25 सेप्टेम्बर

कैलाली जिल्लाको अति दुर्गम मोहन्याल गाउँपालिकामा गत भदौ महिनामा गएको पहिरोमा पीडित बनेकाहरुलाई आर्थिक सहयोग गरिएको छ । आफ्नो क्षेत्रको विकासका लागि गठित भएको संस्था मोहन्याल गतिशिल युवा समाजले पहिरो पीडितहरुका लागि सहयोग संकलन गरि 11 घरधुरीका लागि 5/5 हजारका दरले 55 हजार आर्थिक सहयोग वितरण गरेको हो । गत भदौमा परेको अविरल वर्षाका कारण मोहन्याल गाउँपालिका वडा नं २ नारङ्गेमा गएको पहिरोले मानवीय क्षति नभएपनि ११ घरपरिवार विस्थापित भएका थिए । पीडितहरुलाई राहत उपलब्ध गराउन गतिशिल युवा समाजका सदस्यहरु निकै अफ्ठ्यारो बाटो, खोला नाला पार गरि करिब ३ दिनको यात्रा गर्दै घटनास्थल पुगेका थिए । समाजका तर्फबाट जनक सुनार, मनोज साउद, केशव माझी, प्रशान्त शाही, नारायण जैशी, हेमन्त धमला र पत्रकार चन्द्र खनाललगायतको टोली घटनास्थल पुगेको थियो । स्थानीय वीर बहादुर राना मगरका अनुसार पहिरोले घरहरु बगाउँदा लगभग एक करोड बराबरको क्षति भएको थियो । ठुलो क्षति भएपछि राहतको व्यवस्था गरिदिन स्थानीय पीडितहरुले अनुरोध गरेपछि समाज सहयोगका लागि अगाडी आएको हो । समाजले अभियानमा सहयोग गर्ने समाजसेवीहरु इशा गुरुङ, मिना ठकुरी, सबिना सिंहलगायतका सम्पुर्ण सहयोगीहरुप्रति आभार व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...