HomeFeatureकोरोना रोकथाम तथा नियन्त्रणका लागि जनताले सहयोग गर्नुपर्ने: राज्यमन्त्री रामबीर मानन्धर

कोरोना रोकथाम तथा नियन्त्रणका लागि जनताले सहयोग गर्नुपर्ने: राज्यमन्त्री रामबीर मानन्धर

काठमाण्डौं,26 सेप्टेम्बर 2020

सहरी विकास राज्यमन्त्री रामबीर मानन्धरले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि सबै नागरिकले सरकारलाई सहयोग गर्नुपर्ने बताउनुभएको छ । शनिबार साधना कलाकेन्द्रले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री मानन्धरले सबै जनताको सहयोग भए मात्रै सरकारले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी काम गर्न सक्ने बताउनुभएको हो । उहाँले अहिले सरकारले गरेका कामहरुप्रति सबैले आलोचना मात्रै गरिरहेकाले पनि समस्या देखिएको बताउनुभयो। करिब १० लाख मानिसहरुको पीसीआर परीक्षण गर्दा नै अर्बौं रुपैयाँ सकिएको तर नियन्त्रणमा आउन नसकेकोले सबैको सहयोगको आवस्यकता रहेको उहाँको भनाई छ । कार्यक्रममा राज्यमन्त्री मानन्धरले कलाकारिता क्षेत्रको विकासको पहिलो अधार एक श्रष्टाले अर्को श्रष्टालाई सम्मान गर्नु नै रहेको बताउनुभयो । श्रष्टा प्रतिको सम्मान नै कलाकारिताको पहिलो साधना भएको पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा राज्यमन्त्री मानन्धरले साधना कला केन्द्रले अनलाइन मार्फत आयोजना गरेको गायन प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत गर्नुभएको छ। जसमध्ये प्रथम पुरस्कार ललितपुरकी कलाकार रुपा सापकोटाले प्राप्त गर्नुभएको छ । दोस्रो पुरस्कार दोलखाकी ममता तामाङ, तेस्रो पुरस्कार विराटनगरका डा. मन्जिल श्रेष्ठ र सान्त्वना पुरस्कार काठमाडौंका विमल रुचाल र निषादरत्न तुलाधरले प्राप्त गर्नुभएको छ। साधना कलाकेन्द्रले आयोजना गरेको गायन प्रतियोगितामा अनलाइन माध्यमबाट विभिन्न १३ देशमा रहेका कलाकारहरुले सहभागिता जनाएका थिए

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...