काठमाण्डौं, 29 सेप्टेम्बर 2020
ट्राफिक प्रहरीले जोर-विजोर प्रणालीलाई थप प्रभावकारी बनाउन चेकजाँचमा कडाई गरेको छ। उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले भदौ २५ बाट लागु हुने गरी उपत्यका भित्र जोर-विजोर प्रणालीअनुसार सवारी सञ्चालन गर्ने निर्णय गरेअनुसार चेकजाँचमा कडाई गरिएको हो । काठमाडौं, ललितपुर र भक्तपुरभित्र चल्ने सवारी साधनलाई प्रहरी कडाईका साथ चेकजाँच गरिरहेको छ । सवारी जाम बढ्न थालेपछि जोर- विजोर प्रणालीलाई प्रभावकारी बनाउन चेकजाँचमा कडाई गरिएको ट्राफिक प्रहरीले जनाएको छ। नियमाअनुासर जोर-विजोर प्रणालीमा सञ्चालन नहुने सवारीलाई होल्डमा राख्ने गरिएको छ । दिउँसो सवा १२ बजेसम्मको तथ्याङ्क अनुसार ट्राफिक कारवाहीमा ८ सय भन्दा बढी सवारी परेका छन । करिब ७ सय मोटरसाइकल र स्कुटर रहेका छन । होल्ड गरिएको सवारीलाई साँझ ८ बजेमात्रै छाड्ने बताइएको छ। संक्रमणको जोखिम बढ्दै गएकाले जोर- विजोर प्रणाली पूर्णरुपमा पालना गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ। पछिल्लो समय उपत्यकामा संक्रमितको संख्या बढ्दै गएपनि निषेधाज्ञा खुकुलो भएपछि भिडभाड बढिरहेको छ।









































