HomeFeatureस्याङ्जाका महिला उद्यमी फोहोरको सदुपयोग गरि आम्दानी गर्दै

स्याङ्जाका महिला उद्यमी फोहोरको सदुपयोग गरि आम्दानी गर्दै

काठमाण्डौं, 29 सेप्टेम्बर 2020

हामीमध्ये धेरैले प्रयोग भइसकेका कागज, कार्टुनहरुलाई फोहोरका रुपमा डष्टविनमा फाल्छौं होला ! त्यसले फोहोरको मात्रा त बढाउँछ नै, उचित व्यवस्थापन गर्न नसक्दा वरिपरिको सुन्दरता नै मेटिदिन्छ र वातावरण प्रदुषण गर्छ। तर यिनै फालिने कागजजन्य वस्तुबाट अण्डाको क्यारेट बनाएर स्याङ्जाका महिला उद्यमीले राम्रो आम्दानी गर्न थालेका छन। खेर जाने कागजको सदुपयोग गर्दै स्याङ्जाको पुतलीबजार नगरपालिकामा महिलाहरु राम्रो आम्दानी गरिरहेका छन । नगरपालिकाको वडा नम्बर ३ मा क्वालिटी प्याकेजिङ प्राली नामको कम्पनी स्थापना गरेर महिलाहरु फालिने कागज, कार्टुनलाई कच्चा पदार्थको रुपमा प्रयोग गरी क्यारेट उत्पादन गरिरहेका छन। स्थानीय ३ जना महिलाहरुले झण्डै डेढ करोडको लगानीमा क्यारेट उद्योग संचालनमा ल्याउनुभएको हो । जिल्लामा कुखुरा पालन गर्ने फर्महरु बढेसँगै क्यारेटको माग बढेकाले उद्योग संचालनमा ल्याएको कम्पनीका प्रवन्ध निर्देशक लेखनाथ शर्माले बताउनुभयो । उद्योगले अहिले प्रतिदिन १० हजार क्यारेट उत्पादन गरिहरहे कम्पनीले उत्पादित क्यारेट स्याङ्जाका पोल्ट्री फार्मसँगै, पोखरा, वाग्लुङ, लम्जुङसम्म विक्रि हुने गरेको छ । ग्रामिण क्षेत्रमा उद्योग सञ्चालन गर्दा सरकारी क्षेत्रबाट कुनै सहयोग नभएपछि कच्चा पदार्थ ढुवानीका लागि सडक र उद्योग सञ्चालनका लागि विद्युत आपूर्तिको व्यवस्था समेत आफैले गर्नुपरेको उहाँले बताउनुभयो ।

कागज, किताब, कापी, पत्रिका, कार्टुन लगायत कागजी सामाग्रीलाई प्रशोधन गरी क्यारेट बनाइन्छ । पानी र कागजलाई मिलाएर मेशिनमा राखेपछि मेशिनले क्यारेट तयार पार्दछ र करिब ५ घण्टा घाममा सुकाएपछि क्यारेट तयार हुन्छ । कम्पनीले फालिने कागजहरु घरघर मै गएर किन्ने गरेको छ । प्रयोगमा आएका कागजजन्य बस्तुहरु फाल्न फोहोरको ट्याक्टर कुर्नेहरु अहिले त्यही कागज विक्रि गर्ने गरिएको स्थानीय व्यवसायीहरु बताउँछन ।

कम्पनीले कागजको गुणस्तर हेरी प्रतिकिलो १५ देखि २५ रुपैंयासम्म खरिद गरिरहेको छ । फालिने कागजबाट क्यारेट उत्पादन गर्ने उदाहरणीय काम गरेका महिला उद्यमीहरुले कोरोनाकालमा पनि ११ महिला सहित १७ जनालाई नियमित रोजगारी उपलब्ध गराइरहेका छन।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...