HomeFeatureमहामारीको चपेटामा पर्दा फुटबल गतिविधि ठप्प

महामारीको चपेटामा पर्दा फुटबल गतिविधि ठप्प

काठमाण्डौ,30 सेप्टेम्बर 2020

नेपाली फुटबलका गतिविधि यति बेला ठप्प छ। महामारीको चपेटामा परेको फुटबल गतिविधि चल्न नसक्दा खेलकुद ठप्प भएको हो। ………कहिले सुचारु हुन्छ भन्ने अझै अन्योल छ । तर फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले अभ्यासमा फर्काउन सरकार समक्ष माग गरेको छ। कतार विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको खेल तालिका जनवरीसम्म स्थगित भइसेकेको छ । महामारीको चपेटका बावजुत पनि युरोपियन र अमेरिकी राष्ट्रहरुमा फुटबल फर्किदा एसियाली केही राष्ट्रमा मात्र फुटबल फर्किएको छ । नेपालमा भने कोरोनाको कहर व्यापक हुँदा गतिविधि पनि शून्य नै देखिएका छन्। घरेलु प्रतियोगिताका प्राय ठप्प हुँदा खेलाडीको दिनचर्या घरआगनमै सिमित भएको छ । अहिले स्वास्थ मापदण्ड बनाएर अन्य खेलकुद गतिविधि फर्किने जमर्को गरिरहेका छन् । सरकारले अनुमति दिए अभ्यास थाल्ने तयारीमा खेलाडी छन् । फुटबल खेलाडी पनि त्यसैको पर्खाइमा छन् । अभ्यासमा फर्किनका लागि सरकारसमक्ष अनुमति माग भइरहेको राष्ट्रिय टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले बताउनुभयो ।

खेलाडी पनि अभ्यासमा फर्किन आतुर छन् । सिमित वातवरणले उनीहरुलाई पिरोलीरहेको छ । फिटनेस समस्याको चिन्ता पनि बढेको छ । घरेलु अभ्यासमा व्यस्त भए पनि मैदानको जस्तो लाभदायी नहुने खेलाडीले बताउँदै आएका छन् । पछिल्लो समय मैत्रिपूर्ण खेलका लागि प्रस्ताव आएकाले विश्वकप छनोटका लागि मैत्रिपूर्ण खेल महत्वपूर्ण हुने र त्यसका लागि अभ्यास खाँचो भएको बताउँनुहुन्छ व्यवस्थापक मधुसुदन उपाध्याय ।

त्यसो त एन्फाले खेलाडीलाई फिट राख्न आधुनिक प्रविधिसँगै अनलानको माध्ययमबाट प्रशिक्षण पनि दिइरहेको छ । विज्ञको सर सल्लाहबाट खेलाडीले टिप्स पनि लिइरहेका छन् । फिफाको गाईड लाइन अनुसार घरमा सिमित भएका खेलाडीलाई शारीरिक हिसाबमा स्वस्थ रहने टिप्स प्रदान गर्दै आएको राष्ट्रिय फुटबल टोलीका फिजियो आविस्कार पुडासैनले जानकारी दिनुभयो ।

तत्काल कुनै पनि प्रतियोगिता सञ्चालन हुने अवस्था छैन् । प्रस्तावमा आएका अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल नेपाली टोलीका लागि पक्कै लाभदायी हुनेछन् । त्यसका लागि मैदान फर्किन आवश्यक पर्ने होमवर्क गर्न खेलाडी पनि तम्तयार नै छन् । यसका लागि अभिभावक संस्था एन्फाले पहल चाल्नु पर्ने समय टड्कारो देखिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...