पुणे, 1 अक्टूबर 2020
नेपाल भारत बस सञ्चालन गर्ने अधिकांश बस व्यवसायीहरुका ठगी र लूटका घटनाहरु प्रकाशमा आइरहेको भएपनि अहिले चर्को भाडा लिएर गन्तव्यभन्दा अन्यत्रै छाडेको घटना प्रकाशमा आएको छ । डाँफे टुर एण्ड ट्राभल्स प्रा.लि. नाम गरेको समितिले कैलालीको धनगढीबाट बेङ्गलोर पुऱ्याइदिने भन्दै 5 हजार 5 सय रुपैया लिएर यात्रा शुरु गरेको भएपनि उनिहरुलाई महाराष्ट्र राज्यको पुणेमा अलपत्र पारेको हो ।…………
समाजसेवी नेत्र बहादुर शाहीका अनुसार डाँफे टुर एण्ड ट्राभल्स प्रालिले बसका 32 जना नेपालीहरुलाई 5 हजार 5 सय रुपैयाँ भाडा र सीमानाका पार गराउनका लागि विद्यार्थी परिचय पत्र बनाएर प्रतिव्यक्ति 7 सयका दरले पैसा लिएका थिए ।
27 तारिखका दिन धनगढीबाट बेङ्गलोरको लागि हिडेका थिए र उनिहरुको साथमा ट्राभल्सका तर्फबाट भक्त मिजार नामका एक प्रतिनिधि पनि आएका थिए । बसका सबै यात्रुहरुलाई धनगढीदेखि बेङ्गलोरसम्मको टिकट दिइएको थियो । तर पनि उनिहरुलाई पुणेको चाँदनी चौकमा अलपत्र पारिएको हो । मंगलबार पुणे पुगेका बसका यात्रुहरु पुरै एक दिन त्यही अलपत्र परेका थिए । शाहीका अनुसार महाकाली-सेती टुर एण्ड ट्राभल्सको कार्यालय नजिकै पुऱ्याएर यात्रुहरुलाई बिचल्लीमा पारेका थिए ।
डाँफे टुर एण्ड ट्राभल्स प्रालिले धनगढीको अछामी होटल अगाडी काउन्टर लगाएर टिकट काटेको थियो । सो ट्राभलका प्रतिनिधि भक्त मिजारले पहिलेनै पुणेसम्म सो गाडीले पुऱ्याउने र त्यसपछि अर्को गाडीले लिएर जाने भनेका थिए । तर पुणे पुग्नुअघि नै भक्त मिजारले सबै यात्रुलाई दिइएको टिकट फिर्ता लिएर पुणेमा यात्रुहरुलाई छोडेका थिए । उनिहरुलाई त्यही अलपत्र पारेर भक्त मिजार फरार भएका थिए ।
पुणेअघिनै ट्राभलका प्रतिनिधि भक्त मिजारले यात्रुलाई दिइएको टिकट फिर्ता लिएकाले ट्राभलको मनसायनै लूट भएको प्रष्ट भएको छ ।
मंगलबार साँझदेखि अलपत्र परेका उनिहरुको उद्धारका लागि नेत्रबहादुर शाही, हिक्मत शाही र नम बहादुर शाही लगायतका केही स्थानिय समाजसेवीहरु घटनास्थल पुगेका थिए । त्यसपछि उनिहरुलाई खानापानीको व्यवस्था गरिएको थियो । बुधबारदिन भरि ट्राभल वालासँग कुरा गरि साँझ उनिहरुलाई अर्को गाडी गरि बेङ्गलोर पठाइएको थियो। उनिहरुको आधा भाडा ट्राभल्स वाला र आधा भाडा आफुहरुले जोहो गरेर बेङ्गलोर पठाएको शाहीले बताउनु भएको छ ।









































