HomeFeatureजापानले कामदार र विद्यार्थीहरुका लागि प्रवेश खुल्ला गऱ्यो

जापानले कामदार र विद्यार्थीहरुका लागि प्रवेश खुल्ला गऱ्यो

जापान, 2 अक्टोबर, नुना कुँवर

कोरोना महामारीका कारण रोकिएको जापान प्रवेश खुल्ला भएको छ । जापानको कानून मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै 9 अक्टोबरदेखि जापान प्रवेश खुल्ला भएको जनाएको छ । मन्त्रालयले पर्यटक भिसा बाहेक विद्यार्थी, कामदार र डिपेन्डेन्टहरुका लागि प्रवेश खुल्ला गरेको छ । यसका साथै जापान प्रवेश गर्नेहरुका लागि विभिन्न मापदण्डहरु पनि तोकिएको छ । जापान जान चाहनेहरुले कोरोना नियन्त्रणका लागि जारि गरिएका दिशा निर्देशहरुलाई अनिवार्य रुपमा पालना गर्नु पर्नेछ । त्यसका साथै विद्यार्थीहरुको हकमा विद्यालय वा कलेज, कामदारको हकमा कम्पनी र डिपेन्डेन्टको हकमा आफन्तले जिम्मा लिनुपर्नेछ । जापानबाट यही अगस्त 31 भन्दा पहिले गएकाहरुले भने अनिवार्य रुपमा समबन्धित देशमा रहेको जापानी दूतावासबाट पुनः प्रवेश अनुमतिलाई प्रमाणित गराउनुपर्नेछ । तर 9 सेप्टेम्बरपछि जापान छोडेकाहरुले भने दूतावास जानुपर्ने आवश्यक्ता नरहेको जनाइएको छ । पर्यटक भिसामा भने प्रतिवन्ध यथावत राखिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...