HomeFeatureसबैको साझा प्रयासबाट प्राकृतिक विपद जोखिम कम गर्न सकिन्छः प्रधानमन्त्री ओली

सबैको साझा प्रयासबाट प्राकृतिक विपद जोखिम कम गर्न सकिन्छः प्रधानमन्त्री ओली

काठमाण्डौ, 13 अक्टूबर 2020

प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जागरण र सबैको साझा प्रयासबाट प्राकृतिक विपद जोखिम न्यूनीकरण गर्नुपर्ने बताउनुभएको छ। प्राकृतिक विपद जोखिम न्यूनीकरण सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले व्यापक जागरण र सबैको साझा प्रयासबाट जोखिम न्यूनीकरण गर्न सकिने बताउनुभएको हो । जोखिम प्रकट हुनै नपाउने र भइहालेमा त्यसको समाधान कसरी गर्ने भन्ने सम्बन्धमा सरकार तत्पर रहेको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । उद्दार, राहत र पुननिर्माणका कामहरुलाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा सरकारले आफ्नो सहभागितालाई बढाउँदै लगेको बताउनुभयो । केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तहमा केन्द्रले तय गरेका राष्ट्रिय नीति, रणनीति र कार्ययोजनालाई प्रवाहित गर्ने र सबैतहमा जानकारी गराउने काम भइराखेको पनि प्रधामन्त्री ओलीले बताउनुभयो । सन २०१५ देखि सुरु भएको दिगो विकास लक्ष्यले पनि विपद जोखिमको सन्दर्भमा महत्वपूर्ण दृष्टिकोण अगाडि सारी काम गरिराखेको पनि उहाँले बताउनुभयो । नेपालमा विपद जोखिम न्यूनीकरण र त्यसबाट उत्पन्न भएका असरहरुको समाधान गर्ने सन्दर्भमा राष्ट्रिय नीतिको तर्जुमाबाट तयार भएको रणनीतिक कार्ययोजनालाई दिगो विकास लक्ष्यसँगै जोडेर राष्ट्रिय रणनीति तय भइसकेको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । विपद न्यूनीकरणका लागि मानविय भावना, परोपकारी भावना र सहकार्यको भावनाको आवश्यकता भएको पनि उहाँले बताउनुभयो ।

पछिल्लो समय कोरोना भाइरसले मानविय र अर्थतन्त्रमाथि गम्भिर क्षति पुर्याएकोले पनि सबै मिलेर न्यूनीकरणमा लाग्नुपर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो । कोरोना संक्रमणको अहिलेको स्थितिले विश्व व्यवस्थाको सन्दर्भमा नयाँ नयाँ ढंगले सोच्नुपर्ने समेत उहाँले बताउनुभयो । कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले विश्व कोरोना महामारीको विरुद्ध जुधिरहेको अवस्थामा सम्पूर्ण व्यक्ति एक भई विपदको समाना गर्न दिवसले सबैलाई प्रतिवद्ध बनाउने विश्वास व्यक्त गर्नुभयो । प्राकृतिक विपदको विरुद्ध एक्लै लडन असम्भव हुने भएकाले सबै पक्ष एक भएर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । गृहमन्त्री थापाले नेपालमा यस वर्षको मनसुनमा ५ सय भन्दा बढीको संख्यामा मानविय क्षति भएको र एक अर्ब भन्दा बढीको आर्थिक क्षति भएको बताउनुभयो । प्राकृतिक विपद न्यूनीकरणका लागि सरकारले आवश्यक ऐन, नियमावली र कार्यविधिको पनि व्यवस्था गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...