HomeFeatureकाठमाडौं महानगरका सम्पूर्ण वडाहरुबाट स्वाव संकलन

काठमाडौं महानगरका सम्पूर्ण वडाहरुबाट स्वाव संकलन

काठमाण्डौं, 14 अक्टूबर 2020

कोरोना भाइरस (कोभिड-१९) संक्रमणको दर बढ्दै गएको उपत्यकामा काठमाडौं महानगरपालिकाले कन्ट्याक ट्रेसिङमा परेकाहरुको स्वाव संकलनमा तिव्रता दिएको छ। महानगरपालिकाले सहरी स्वास्थ्य महाशाखासँगको समन्वयमा संक्रमितको ट्रेसिङमा परेका व्यक्तिहरुको खोजी गरी स्वाव संकलन गरिरहेको हो। संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी गरी महानगरका सम्पूर्ण वडाहरुले आफ्नो क्षेत्रभित्र पर्ने स्थानमा स्वाव संकलन गरिरहेका छन । एक स्थानमा कम्तिमा २ सय जना ट्रेसिङमा परेका व्यक्तिहरुको स्वाव संकलन भइरहेको वडा नम्बर १७ वडासचिव राजेश श्रेष्ठले बताउनुभयो । परीक्षण रिपोर्ट पोजेटिभ आएका व्यक्तिहरुलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु पनि वितरण गरिरहेको उहाँले बताउनुभयो।

सहरी स्वास्थ्य महाशाखाका हेल्थ असिसटेन्ट तथा स्वाव कलेक्सन टिमका संयोजक ऋषि भुसालले महानगरपालिकाले सहरी स्वास्थ्य महाशाखासँग मिलेर स्वाव संकलनको काम गरिहेको बताउनुभयो। सरकारी प्रोटोकल अनुसार १४ दिनमा सामान्यतया कोरोना निको भएको मानिने भएपनि कतिपय व्यक्तिहरुले दोहोर्याएर परीक्षण गर्दा कति लक्षण नदेखिए कति पटकसम्म परीक्षण गर्ने भन्ने कुरा चुनौतीका रुपमा रहेको उहाँले बताउनुभयो।

अहिले देशभरी नै कोरोना संक्रमितको संख्या बढीरहेको छ। काठमाडौं लगायतका उपत्यकाका तीन वटै जिल्लाहरुमा संक्रमणको दर देशका अन्य क्षेत्रभन्दा बढी छ। सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि स्वास्थ्य सुरुक्षाका मापदण्ड पूर्ण रुपमा पालना गर्न अनुरोध गरिहेको छ। भिड-भाड भएको ठाउँमा नजाए, भौतिक दुरी कायम गरे, अनिवार्य रुपमा मास्क लगाएमा र बिना काम घर बाहिर ननिस्किेमा संक्रमणको जोखिमबाट बच्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...