HomeFeatureचीनले सीमा मिचेको विषयमा सरकारको धारणा सार्वजनिक गर्न काँग्रेसको माग

चीनले सीमा मिचेको विषयमा सरकारको धारणा सार्वजनिक गर्न काँग्रेसको माग

काठमाण्डौं, 14 अक्टूबर 2020

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले हुम्लामा चीनले नेपाली भूमि मिचेको निष्कर्ष निकाल्दै सरकारको धारणा सार्वजनिक गर्न माग गरेको छ । काँग्रेस केन्द्रिय सदस्य जीवनबहादुर शाही नेतृत्वको टोलीले गरेको स्थलगत अध्ययनको प्रतिवेदनले भूमि मिचिएको पुष्टि हुने आधार भएकाले काँग्रेसले बताएको छ। चीनको तर्फबाट सीमाना मिचिएको खवर बाहिर आएपछि सरकारले हतारोमा टिप्पणी गरेको आरोप पनि काँग्रेसले लगाएको छ । पिलर नजिकै चीनले तारबार गरेको, नेपाली भूमिमा भौतिक संरचना निर्माण गरेको र एउटा पिलर भरखरै निर्माणको गरेको तथ्यहरु सार्वजनिक भएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो । सरकारी अधिकारीहरु अध्ययनका लागि घटनास्थल नपुग्दै सीमा मिचिएको छैन भन्दै अभिव्यक्ति दिने सरकारले सरकारी टोलीको प्रतिवेदन किन सार्वजनिक नगरेको भन्दै उहाँले प्रश्न समेत गर्नुभयो । उहाँले ‘‘सीमा मिचिएकै छैन भनेर सरकारले हतारोमा टिप्पणी गर्यो । स्थलगत अध्ययन गरी फर्किएको टोलीको पतिवेदनका आधारमा राजनीतिक दल र राज्यले आफ्नो धारणा बनाउनुपर्नेमा त्यसो हुन सकेन । सहायक प्रमुख जिल्ला अधिकारीले सीमा मिचिएको भन्दै २४ घण्टे स्पष्टिकरण सोधियो । अहिले टोली फर्किएर आउँदा पनि न प्रतिवेदनका आधारमा सरकारले आफ्नो धारणा समेत सार्वजनकि गरेन ।’’

प्रवक्ता शर्माले पार्टीको तर्फबाट शाहीको नेतृत्वमा असोज १४ गते लिमी लगायतका ठाउँमा स्थलगत अध्ययनका लागि गएकोमा टोलीले सीमा मिचिएको प्रतिवेदन बुझाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘सरकारले अध्ययनबिना नै चीनले भूमि नमिचेको सार्वजनिक अभिव्यक्ति दियो । त्यसलाई हामीले गम्भिर रुपमा लियौँ । जीवन बहादुर शाहीको नेतृत्वमा १४ गते गएको टोलीले सीमा मिचिएको तथ्यसहित प्रतिवेदन बुझाउनुभएको छ । कुटनीतिक प्रश्नमा आवेगमा आएर भनदा वस्तुगत भएर बोल्नुपर्ने भएपनि सरकारले हतारमा सीमा मिचिएको छैन भन्यो । अहिले प्रतिवेदन आएपनि सरकारले सार्वजनिक गरिरहेको छैन । आफ्नो धारणा समेत सार्वजनिक नगरी मौन बसेको छ ।’’

कांग्रेसले सरकारलाई आफ्नो धारणा छिटो सार्वजनिक गर्न माग गर्दै उच्च स्तरिय वार्ता टोली गठन गरी भूमि फिर्ताका लागि पहल गर्नुपर्ने पनि बताएको छ ।

११ दिनसम्म नेपाल-चीन सीमा निरीक्षण गरेको शाही नेतृत्व टोलीले नाम्खा गाउँपालिकामा पर्ने लोलुङजोङमा चीनद्वारा निर्मित भौतिक संरचनाहरु नेपाली भूभागमा पर्ने निष्कर्ष पनि निकालेको छ । चीनले ५ (२) नम्बरको पुरानो सीमा स्तम्भलाई उखेलेर एकतर्फी रुपमा नयाँ बनाएको, नेपालले गप्पुदोचादेखि निर्माण गरेको दुई किलोमिटर सडकखण्ड पनि चीनले अतिक्रमण गरेको प्रतिवेदनमा उल्लेख छ । चीनले दशगजा क्षेत्रमा नियमविपरीत हिल्सा सीमाको ९ (२) नम्बर स्तम्भको बीच रेखामा तारबार र गेट निर्माण गरेको, ५ (१) र ५ (२) सीमा स्तम्भलाई चीनले तारबार गरी राखेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...