HomeFeatureकाठमाडौंको त्रिपुरेश्वरमा ट्राफिक लाइट जडान

काठमाडौंको त्रिपुरेश्वरमा ट्राफिक लाइट जडान

काठमाण्डौ,20 अक्टोबर 2020

काठमाडौंको त्रिपुरेश्वरमा ट्राफिक लाइट जडान गरिएको छ। रोटरी क्लब अफ त्रिपुरेश्वरको सहयोगमा ट्राफिक लाइट जडान गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले बताएको छ। ट्राफिक लाइट जडान गरी महाशाखालाई हस्तान्तरण गर्न आयोजित कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकालले विभिन्न संघ संस्था र स्थानीय तहसँगको समन्वयमा उपत्यकाका विभिन्न स्थानमा रहेका ट्राफिक लाइटको मर्मत गरी सञ्चालन गरिएको बताउनुभयो । आज (मंगलबार) सम्म काठमाडौं उपत्यकाका २६ स्थानमा ट्राफिक लाइट सञ्चालनमा आइसकेको पनि उहाँले बताउनुभयो । उपत्यकामा ९ वर्ष देखि विग्रिएर रहेका ट्राफिक लाइटको मर्मत गरी सञ्चालनमा ल्याउँदा ट्राफिक व्यवस्थापनमा सहज भएको पनि ढकालले बताउनुभयो । लाइटको माध्यमाट ट्राफिक व्यवस्थापन गर्दा कम जनशक्ति लाग्ने मात्र नभई नागरिकमा प्रविधिप्रति सम्मान गर्ने भावनाको विकास हुने पनि उहाँले बताउनुभयो ।

उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमा लैजाने योजना अनुरुप विभिन्न स्थानमा विग्रिएर रहेका लाइटहरुको मर्मत गरी प्रयोग गरिएको पनि ढकालले बताउनुभयो । यस्तै उपत्यकामा रहेका सबै सिसि क्यामरा मार्फत निगरानी गर्ने कार्यलाई पनि प्राथमिकताका साथ कार्यान्वयनमा ल्याएको छ । यस्तै ट्राफिकबाट दिइने कुनैपनि सेवालाई अनलाइन मार्फत गर्ने व्यवस्था गरिएको पनि उहाँले बताउनुभयो । कुनैपनि सवारीसाधन कारबाहीमा परेमा सडकबाटै तत्काल राजश्व बुझाउन सक्ने प्रणालीको विकास गर्न लागिएको पनि ढकालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...