HomeFeatureकोभिड-१९ बाट थप ८ जनाको मृत्यु, नेपालमा हालसम्म ७ सय ६५ जनाले...

कोभिड-१९ बाट थप ८ जनाको मृत्यु, नेपालमा हालसम्म ७ सय ६५ जनाले गुमाए ज्यान

काठमाण्डौ,20 अक्टोबर 2020

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ९३ जना व्यक्तिमा कोभिड-१९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३ हजार ९३ जनामा संक्रमण पुष्टि भएको बताउनुभएको छ। यससँगै आज कुल सक्रिय संक्रमितको संख्या ४१ हजार ७ सय ५५ पुगेको छ। जसमध्ये १३ हजार ५ सय ५९ जना संस्थागत आइसोलेसनमा रहेका छन भने २८ हजार १ सय ९६ जना  होम आइसोलेसनमा रहेका छन् । हालसम्म कोभिड-१९ संक्रमितको कुल संख्या १ लाख ३९ हजार १ सय २९ पुगेको छ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कुल १ हजार ७ सय २ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ हजार ४ सय ३१, भक्तपुरमा १ सय ४८ र ललितपुरमा १ सय २३ जना रहेका छन। पछिल्लो २४ घण्टामा संक्रमणबाट निको भएर घर फर्किनेको संख्या २ हजार १ सय ८ रहेको छ। हालसम्म कुल ९६ हजार ६ सय ९ जना संक्रमित निको भएर घर फर्किएका छन। हालसम्म संक्रमण मुक्त हुने दर ६९ दशमलव ४ प्रतिशत रहेको प्रवक्ता गौतमले बताउनुभयो । यस्तै पछिल्लो २४ घण्टामा कोभिड-१९ संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म ७ सय ६५ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कुल १३ हजार ८ सय ६१ पीसीआर परीक्षण भएको पनि प्रवक्ता गौतमले बताउनुभयो । यससँगै हालसम्म कुल १३ लाख १४ हजार ७ सय ७९ पीसीआर परीक्षण भएको छ । आज देशभर २ सय ७३ जना संक्रमितको आइसियुमा उपचार भइराखेको छ । यस्तै भेन्टिलेटरमा ७८ जना रहको छन् । देशभर ४ हजार २ सय २० जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...