HomeFeatureदेशवासीका नाममा प्रधानमन्त्री ओलीको सम्बोधन, महामारीको बेला संयमित भई चाडपर्व मनाउन आग्रह

देशवासीका नाममा प्रधानमन्त्री ओलीको सम्बोधन, महामारीको बेला संयमित भई चाडपर्व मनाउन आग्रह

काठमाण्डौ,23 अक्टूबर 2020

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशवासीका नाममा सम्बोधन गर्नुभएको छ। महान पर्व वडा दशैंको अवसर पारेर प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्नुभएको हो। सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कोभिड-१९ संक्रमणको जोखिमलाई ध्यान दिदै दशैं मनाउन आग्रह गर्नुभएको छ। चाडवाडहरु पर्व र उत्सव मात्रै नभएर सामाजिक प्रबन्धका आधार समेत भएकाले महामारीको बिचमा पनि संयमित भई चाडपर्व मनाउन देशवासीलाई आग्रह गर्नुभएको छ । ज्येष्ठ नागरिक, बालबालिका र कमजोर स्वास्थ्य अवस्था भएका व्यक्तिमा संक्रमण घातक हुन सक्ने भएकाले सचेत भई जो जहाँ छौं त्यहिं चाडपर्व मनाउन आग्रह गर्नुभयो ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कोरोना रोकथाम तथा उपचारमा सरकार कर्तव्य विमुख हुन नखोजेको स्पस्ट पार्नुभएको छ। विभिन्न माध्यममा कोरोना उपचारको विषयमा अनावश्यक अफवाहका आइरहको र त्यसको पछाडी नलाग्न समेत आग्रह गर्नुभएको छ। लकडाउन भएदेखि अहिलेसम्म जनतालाई भयभित बनाउने र थुप्रै अफवाह फैलाउने काम भइराखेको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो। महामारी विरुद्धको लडाईमा पक्ष र विपक्षको स्वार्थमा नलाग्न र दाउपेच नबनाउन समेत आग्रह गर्नुभयो। सरकार कहिल्यैपनि कर्तव्यविमुख नहुने र जनताको स्वास्थ्यमा गम्भीर भएको पनि उहाँले बताउनुभयो। कोभिड-१९ संक्रमणमा परेका सबै नागरिकको यथोचित उपचारको व्यवस्था सरकारले गर्ने उहाँको भनाई छ। निजी अस्पतालमा कतिपयले उपचार गराई सरकारलाई सहयोग गरिराखेको उल्लेख गदैं प्रधानमन्त्री ओलीले नसक्नेलाई सरकारले निःशुल्क उपचार गर्ने स्पष्ट पार्नुभएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...