HomeFeatureबिहारमा विधानसभा चुनाव अन्तर्गत आज पहिलो चरणको मतदान हुँदै, 1 हजार 66...

बिहारमा विधानसभा चुनाव अन्तर्गत आज पहिलो चरणको मतदान हुँदै, 1 हजार 66 उम्मेदवार मैदानमा

पटना, 28 अक्टोबर 2020

भारतको बिहार राज्यमा विधानसभा चुनाव अन्तर्गत बुधबार पहिलो चरणको मतदान भइरहेको छ । राज्यका 16 जिल्लाको 71 सीटका लागि आज मतदान भइरहेको छ । 71 सीट मध्ये 35 सीट माओवादी प्रभावित क्षेत्र हो । दिँउसो 1 बजेसम्म लगभग 33 प्रतिशत भोट खसेको चुनाव आयोगले बताएको छ ।

पहिलो चरणमा ७१ पदका लागि एक हजार ६६ जना उम्मेदवार चुनावी मैदानमा रहेको निर्वाचन आयोगले जनाएको छ । ती मध्ये ९५२ जना पुरुष र १५५ जना महिला रहेका छन् । बुधबार मतदान भइरहेको क्षेत्रमा कूल दुई करोड १४ लाख ८४ हजार ७८७ जना वैध मतदाता रहेका छन् ।

बिहानै 7 बजेदेखि भइरहेको मतदान साँझ 6 बजेसम्म चल्नेछ । मतदानमा कोरोना भाइरसबाट जोगिन मतदाताहरुलाई आधारभूत मापदण्डहरु अपनाउन आह्वान गरिएको छ ।  निर्वाचन सम्पन्‍न गराउन ७८ हजार ६९१ जना निर्वाचन कर्मचारी खटिएका छन् । मतदानका बेला अपनाउनु पर्ने मापदण्डका बारेमा निर्वाचन आयोगले निर्देशिका नै बनाएर जारी गरेको छ । मापदण्डमा विद्युतीय मतदान यन्त्रलाई सेनिटाइज गर्नु पर्ने, सबैले मास्कको प्रयोग गर्नुपर्ने, प्रतिरक्षात्मक अन्य साधनहरुको प्रयोग गर्नुपर्ने, सेनिटाइजर, साबुन र पानी सबैलाई पर्याप्त उपलब्ध गराउनु पर्ने, सामाजिक दूरी कायम गर्नुपर्ने लगायतका कुरा उल्लेख गरिएको छ ।

243 सदस्‍यीय बिहार विधानसभाका लागि तीन चरणमा मतदान भइरहेको छ । 3 नोभेम्बरमा हुने दोस्रो चरणमा 94 सीट र 7 नोभेम्बरमा हुने तेस्रो चरणमा 78 सीटमा मतदान हुनेछ । मतगणना भने 10 नोभेम्बरमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...