HomeFeatureएक्सन ऐड नेपालद्वारा सरकारलाई १ करोड ६२ लाख रुपैयाँ बराबरको पीपीई सहयोग

एक्सन ऐड नेपालद्वारा सरकारलाई १ करोड ६२ लाख रुपैयाँ बराबरको पीपीई सहयोग

काठमाण्डौ, 3 नोभेम्बर

एक्सन ऐड नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रणामा प्रयोग हुने स्वास्थ्य सामग्री सहयोग स्वरुप उपलब्ध गराएको छ । एक्सन ऐड नेपालकी कार्यकारी निर्देशक सुजिता माथेमाले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य सामग्री उपलब्ध गराउनुभएको छ । हस्तान्तरण कार्यक्रममा कार्यकारी निर्देशक माथेमाले समाजकल्याण परिषद् र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँगको समन्वयमा ९ हजार ४ सय ५७ सेट पीपीई उपलब्ध गराइएको बताउनुभयो । जसको मूल्य करिब १ करोड ६२ लाख रुपैयाँ रहेको पनि उहाँले बताउनुभयो । कोभिड रोकथाम तथा नियन्त्रणका लागि अग्रपंतिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागि पीपीई सेट अनिवार्य भएकाले आफूहरुले मन्त्रालय मार्फत सहयोग गरेको बताउनुभयो ।

संक्रमणको दर उच्च भएका क्षेत्रमा आफूहरुले उपलब्ध गराएको पीपीई सेट प्रयोग हुने विश्वास समेत कार्यकारी निर्देशक माथेमाले व्यक्त गर्नुभयो । एक्सन ऐडले नेपालमा झण्डै ३९ वर्ष देखि काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...