HomeFeatureचीनले पर्याप्त सामाग्री नपठाँउदा नेपाली व्यवसायी मारमा, सामग्री ढिलो आउने सम्भावना

चीनले पर्याप्त सामाग्री नपठाँउदा नेपाली व्यवसायी मारमा, सामग्री ढिलो आउने सम्भावना

काठमाण्डौ, 3 नोभेम्बर

पटकपटक बन्द हुँदै खुल्दै गरेको तातोपानी नाका गत विहीबारबाट पुनः सुचारु भएको छ । तर चीनियाँ पक्षले पर्याप्त सामाग्री नपठाँउदा नेपाली व्यवसायी मारमा परेका छन् । चिनियाँ पक्षले सुरक्षाको कारण देखाउँदै थोरै सामान पठाउँदा सिजनमा आउनुपर्ने सामग्री ढिलो आउने सम्भावना बढेकोले व्यवसायीहरु चिन्तित देखिन्छन् ।

कोभिड संक्रमणको जोखिमका कारण नयाँ मापदण्ड तयार गरी तातोपानी नाका खोलिएको छ । नयाँ मापदण्ड अनुसार काम गर्नका लागि नेपालतर्फको भन्सारमा २५ भन्दा वढी चिनीयाँ कन्टेनरबाट नेपाली कन्टेनरमा समान पल्टी गर्न सकिने यार्ड तयार गरिएको छ । एक चीनियाँ कन्टेनर सामानले नेपाल तर्फको २ देखि ३ कन्टेनर सामान भरिन्छ । यदि पूर्ण क्षमतामा सामान आयात हुने हो भने दैनिक पचास भन्दा बढी नेपाली कन्टेनर आउन सक्नेछन् । तर नाका खुलेको पहिलो दिन दुई कन्टेनर र दोस्रो दिन चार कन्टेनर मात्रै समान आएको थियो । चिनियाँ पक्षले स्वास्थ्य सुरक्षाको कारण देखाउदै थोरै सामग्री पठाउँदा आफुहरु मर्कामा परेको नेपाली व्यवसायी विजय शेर्पाले बताउनुभयो । समान ढिलो आउँदा स्याउ लगाएतका खाद्य सामाग्री कुहीन थालेकोले नाकालाई निरन्तर खुल्ला गर्नुपर्ने बताउनुभयो ।

नाकालाई पूर्ण रुपमा सञ्चालनमा गर्नुपर्ने अथवा पूर्ण रुपमा बन्द गरेर समुन्द्री नाकाबाट सामान ल्याउन पाउनुपर्ने व्यावसायीहरुको माग गरेका छन् । भन्सार नाका पूर्ण रुपमा सञ्चालनमा नआँउदा व्यवसायीहरु धेरै मर्कामा परेको नेपाल–चीन उद्योग वाणिज्य संघ, सिन्धुपाल्चोकका अध्यक्ष जाङ्बु शेर्पाले बताउनुभयो ।

अहिलेसम्म स्याउ र केही रेडीमेड कपडा मात्रै अएको छ । यही गतिमा सामान आउने हो भने अहिले व्यापारिहरुले खरिद गरिसकेको समान आउन एक वर्ष लाग्न सक्ने तातोपानी भन्सार सुख्खा बन्दरगाह कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताउनुभयो । यद्यपी स्वास्थ्य सुरक्षा मापदण्ड परिक्षणको रुपमा रहेकोले थोरै मात्रामा सामान आयात भइरहेको उहाँले बताउनुभयो । उहाँले समान ढुवानी बढाउन आफूले चिनियाँ पक्षसँग लगातार छलफल गरिरहेको बताउनुभयो ।

आयातित सामग्री पूर्ण क्षमतामा ल्याउनको लागि आफुहरु मन्त्रालयस्तरबाटै छलफलमा रहेको पनि खत्रीले बताउनुभयो । नाका पूर्ण रुपमा सञ्चालनमा आएमा दैनिक करोडौं राजश्व संकलन हुने र रोजगारीको अवसर समेत वृद्धि हुने भएकोले छिटो भन्दा छिटो नाकालाई पूर्ण रुपमा सञ्चालन गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...