HomeFeatureपूँजीगत खर्च बढाउन चुनौति छ: अर्थमन्त्रीका आर्थिक सल्लाहकार, डा.श्रेष्ठ

पूँजीगत खर्च बढाउन चुनौति छ: अर्थमन्त्रीका आर्थिक सल्लाहकार, डा.श्रेष्ठ

काठमाण्डौ, 6 नोवेम्बर 2020

अर्थमन्त्री विष्णु पौडेलका आर्थिक सल्लाहकार डा. प्रकाश श्रेष्ठले पूँजीगत खर्च बढाउन चुनौति रहेको बताउनुभएको छ। अधिकांश आयोजनाहरुको कार्यान्वयन पक्ष कमजोर रहेकाले बजेट खर्च बढाउन चुनौति रहेको श्रेष्ठले बताउनुभएको छ। शुक्रबार आर्थिक सल्लाहकार श्रेष्ठले अधिकांश आयोजनाहरुको कार्यान्वयन पक्ष कमजोर हुँदा पूँजीगत खर्च बढाउन चुनौतिपूर्ण रहेको बताउनुभएको हो। अहिले पनि तीन वटै तहका सरकारले विभिन्न आयोजनामा खर्च गर्नुपर्ने २ खर्ब भन्दा बढी रकम खर्च हुन नसकेकोले चुनौति रहेको बताउनुभयो । पूँजीगत खर्च बढाउने तर्फ मन्त्रालयले विशेष ध्यान दिएको पनि उहाँले बताउनुभयो। यस्तै अहिले पुरक बजेट ल्याउनुपर्ने आवश्यकता नरहेको पनि श्रेष्ठले स्पष्ट पार्नुभएको छ। बजेटलाई परिमार्जन गर्ने भन्दापनि कार्यान्वयन पक्षमा जोड दिइएको उहाँले बताउनुभयो ।

अहिलेकै सरकारले ल्याएको बजेट भएकाले परिमार्जन गर्ने भन्दापनि प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने उहाँले बताउनुभयो । विभिन्न क्षेत्रमा पुरक बजेट ल्याउने चर्चा भएपनि आवश्यकता नरहेको स्पष्ट पार्नुभयो । चालु आर्थिक वर्षको दोस्रो त्रैमास भर्खरै सुरु भएकाले पनि अहिले नै बजेटमाथि समिक्षा गर्ने बेला भइनसकेको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...