HomeFeatureओलीलाई नेकपा सचिवालय बैठक बोलाउन आग्रह गर्ने आज बसेको अनौपचारिक बैठकको निर्णय

ओलीलाई नेकपा सचिवालय बैठक बोलाउन आग्रह गर्ने आज बसेको अनौपचारिक बैठकको निर्णय

काठमाण्डौ, 6 नोवेम्बर 2020

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बसेको सचिवालयको अनौपचारिक बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई बैठक बोलाउन सामूहिक आग्रह गर्ने निर्णय गरेको छ। पार्टी कार्यालय धुम्बाराहीमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहितको अनौपचारिक बैठकले प्रधानमन्त्री समेत रहनुभएका अर्का अध्यक्ष ओलीलाई सहमतिमै बैठक बोलाउन सामूहिक आग्रह गर्ने निर्णय गरेको हो। कार्यकारी अध्यक्ष दाहाल नै औपचारिक बैठक बोलाउन सक्ने भएपनि संकटपूर्ण परिस्थितिमा रहेको पार्टी एकतालाई जोगाएर सहमतिका आधारमा अगाडी बढ्न ओलीलाई सामूहि आग्रह गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । दाहालसहित सचिवालयका पाँच जना सदस्यले शनिबार सामूहिक रुपमा ओलीलाई भेटेर बैठक बोलाउन आग्रह गर्ने उहाँले बताउनुभयो । पार्टीभित्र देखिएको संकट समाधान गर्ने, सकारात्मक ढंगले पार्टीलाई अगाडी बढाउने र अहिलेसम्मको कामहरुको समिक्षा गर्ने, पार्टी निर्णयको कार्यान्वयन गर्ने र पार्टीलाई एकतावद्ध गरेर अगाडी बढाउन आवश्यक कदम चाल्न छिटो बैठक बोलाउन अनुरोध गरिने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘आजको अनौपचारिक बैठकले कार्यकारी अध्यक्षले औपचारिक बैठक बोलाउन सक्ने भएपनि पार्टीको विद्यमान संकटपूर्ण परिस्थितिमा पार्टी एकतालाई जोगाएर अगाडि बढ्न सकभर सहमतिकै आधारमा बैठक बोलाउन उपयुक्त हुने कुरालाई दृष्टिगत गर्दै अध्यक्ष प्रचण्ड सहित ५ जना सचिवायल सदस्यहरुले भोली अध्यक्ष केपी शर्मा ओलीलाई सहमतिको आधारमा बैठक छिटोभन्दा छिटो बस्ने अनुरोध गर्ने निर्णय गरेका छौं । यसको निम्ति हामी सामूहिक रुपमा नै अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीमा अहिलेको विद्यमान संकटलाई समाधान गर्न, सकारात्मक ढंगले पार्टीलाई अगाडि बढाउन सहमतिको आधारमा बैठक गर्ने, अहिले सम्मको कामहरुको समिक्षा गर्ने पार्टीको निर्णयको कार्यान्वयन गर्ने, पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्नाका निम्ति आवश्यक कदमहरु अगाडि चाल्नको निम्ति छिटो भन्दा छिटो बैठक गर्न अनुरोध भएका छौं ।’’

बैठकमा ओली सहित अन्य सदस्यहरु सहभागि नभएको विषयमा भने उहाँले अनौपचारिक बैठकका लागि जानकारी गराएको भएपनि कार्यव्यस्तताका कारण सहभागि नभएको बताउनुभयो । पछिल्लो समय नेकपाभित्र आन्तरिक विवाद बढ्दै गएको छ । आजको बैठकमा अध्यक्ष दाहाल, उपाध्यक्ष बामदेव गौतम, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपाल तथा प्रवक्ता श्रेष्ठ सहभागित हुनुहुन्थ्यो । यस्तै ओली, ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल र रामबहादुर थापा बादल भने बैठकमा अनुपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...