HomeFeatureसचिवालय बैठक बोलाउन नेकपाका पाँच सचिवालय सदस्यद्वारा ओलीलाई लिखित आग्रह

सचिवालय बैठक बोलाउन नेकपाका पाँच सचिवालय सदस्यद्वारा ओलीलाई लिखित आग्रह

काठमाण्डौ, 7 नोवेम्बर 2020

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका पाँच सदस्यले तत्काल बैठक बोलाउन लिखित आग्रह गरेका छन। कार्यकारी अध्यक्ष दाहालसहित पाँच सचिवालय सदस्यले प्रधानमन्त्री समेत रहनुभएका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई सचिवालयको बैठक तत्काल बोलाउन लिखित आग्रह गरेका हुन। प्रधानमन्त्री निवास बालुवाटार पुगेर सचिवालय बैठक आह्वानका लागि लिखित अनुरोध गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो। अध्यक्ष दाहालसहित झलनाथ खनाल, माधव कुमार नेपाल, बामदेव गौतम र श्रेष्ठले आज भोलीमै बैठक बोलाउन लिखित माग गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘सकभर भोली नभए पर्सीसम्म बैठक बसेर गम्भिरता पूर्वक छलफल गरौ र पार्टीलाई एकतावद्ध बनाउन विधि र पद्धतिका आधारमा पार्टी सञ्चालन गर्ने, पार्टीको निर्णय सबैले कार्यान्वनयन गर्ने दिशातिर जाने गरी निष्कर्ष निकालौ भनेर अनुरोध गरिएको हो ।’’

कोभिड-१९ ले पैदा गरेको स्वास्थ्य संकट, जनतामा देखा परेको समस्या, आर्थिक संकट लगायतका विषयमा छलफल गर्न बैठकको माग गरिएको श्रेष्ठले बताउनुभयो। यस्तै स्थायी कमिटी बैठकले गरेका निर्णयको कार्यान्वयन अगाडी बढ्न नसकेको अवस्थाको समिक्षा र पार्टीमा उत्पन्न संकटको सम्बन्धमा छलफल गर्दै पार्टी एकताको रक्षा गर्न पनि बैठक आवश्यक रहेको उहाँले बताउनुभयो। कार्यकारी अध्यक्ष दाहालले पटक-पटक बैठकका लागि आह्वान गर्दा पनि बस्न नसकेको अवस्थालाई मध्यनजर गर्दै आज लिखित अनुरोध गरिएको श्रेष्ठको भनाई छ। बैठक बस्ने बारेमा भने ओलीले आज निष्कर्ष नदिएको उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...